add
विचित्र विश्व

अनौठो रुख : जस्ले १२१ वर्षदेखि सजाय भोगिरहेको छ

विश्वमा मानिसहरुलाई अपराध गरेको आरोपमा बिभिन्न खालका सजाय तथा चेल चलान गरेको पाईन्छ । मानिसहरुलाई मात्र नभई यदाकता मानिस बाहेक जन्तु जनावर लगाएतलाई पनि सजायको फैसला भएको हामीले सुन्न अनि देख्न पनि पाईन्छ । हुँदा हुँदा मानिस तथा जन्तु जनावरलाई मात्र नभई रुखलाई समेत कठोर संजाय भएको तपाईहरुलाई सुनाउन गईरहेका छौं ।

पाकिस्तानी पत्रिका डनका अनुसार पाकिस्तानमा एउटा यस्तो रुख छ जस्ले १२१ वर्षदेखि कठोर सजाय भोगिरहेको छ । सन् १८९८मा देखि पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित लण्डी कोतलमा एउटा वरको रुखले कठोर सजाय भोगिरहेको हो । त्यस बरको रुखलाई साङ्लाले जताततै बेरीएको छ । भने रुखमा आई एम अन्डर अरेस्त लेखीएको बोर्ड समेत टांसिएको छ ।

त्यस रुखले मानिसलाई लखेटेको आरोपमा सजाय भोगेको जनाएको छ । वास्तवमा रक्सीको नशाले चूर भएका एक ब्रिटिस अधिकारीले जेम्स स्क्वायड लण्डी कोटल सैनिक क्याम्प क्षेत्रमा टहलिरहेका थिए । रक्सीको मातमा रहेका अधिकारीले नजिकै रहेको वरको रुख आफूतर्फ आइरहेको देखे । उनले त्यहाँ रहेका सैनिक जवानहरुलाई तत्कालै त्यो रुखलाई गिरफ्ता गर्न आदेश दिए ।

सैनिकहरुले आदेश पालना गरे र सोहि दिन देखि फलामका सिक्रिमा रुख छन् । अहिले पर्यटकीय आकर्षणको केन्द्र बनेको त्यस स्थानमा रुखलाई कैदी अवस्थामै संरक्षित गरिएको छ । एजेन्सी

Facebook Comments