add
विशेष साहित्य स्थानीय खबर

माता औशीको शुभकामना

दिपक चापागाई
आमा, मैले तिम्रो मुहारमा
कहिले खुसी छाउन सकिन ।
तिम्रो दशधारा दुध खाएर
यस धर्तीमा पाईला टेक्दा
तिम्रो अनुहारमा आएको
जुन चमक थियोनि आमा ।
अनि तिम्रो काखमा रमाएर
तिम्रा दुधका लाम्टाहरु चुस्ता
तिमीले मन मनै गरेका असंख्य
कल्पनाका महलहरु आज
करकलाको पानी सरी भए ।
मेरो अनुहार हेरेर पनि
कयौं दुखःहरु र्विसिएर
कयौं पिडा र्ददहरु कुल्चिएर
धेरै ननिदाएका रातहरु
अनि तिमी निदाएका बेला
तिम्रो शरिर भरी मैले
दिसा पिसाव गरेको गन्धलाई
कमल फुलको वास्ता सम्झेर
सधैं मुस्कुराउदैं तोते बोलीले
मेरो पुन्टुरे काले भनेर बोलाउदा
म खिस्स हासेर तिम्रो काखमा
पिसाव फेरेर रोइदिन्थे ।

तिम्रा मन मनै गरेका कल्पनाहरु
खुसी अनी सुखका सपनाहरु
निगुराका डुकु जस्तै भएर
भटमास टुसाएर उम्रेएझैं
जब म बढ्दै हुर्कदै गएर
तिम्रा ति सपनाहरुमा
भुसमा आगो सल्कीए सरी
चन्द«मामा ग्रहण लागेसरी
घाम नडुब्दै रात परे सरी
कति चाडो अन्धकारमा अध्यारिए
जब यौवनले म मनिए
मैले मन्दिरको भगवान देख्नु पर्ने
देउरालीमा पुज्ने ढुङ्गा देखिन
तिम्रा ति सबै सर्मपणहरु
आलुको बोक्रा झैं सम्झिएर
फोहोरको टोकरीमा मिल्काउदा पनि
तिमीले देखाएको स्नेहलाई
मेरी श्रीमतीका तिखा वचन वाणहरु
तिम्रो छातीमा धनुवाणले हास्दापनि
निरिह भएर तिम्रो सामु उभिनु पर्दा
म पुरुषार्थ बारेको सन्तान बन्नुप¥यो ।
प्रेमिकाको खुसीको निम्ती
तिमीलाई वृद्घश्रममा पु¥याउदा
तिम्रा आ“खामा छ–छल्किएका
स्नेहका आ“शुका थोमाहरुले
मलाई नै बोलाई रहदा पनि
मैले चाहेर पनि उनको खुसीको निम्ती
देखेर पनि नदेखे जस्तो हुनु प¥यो
सुनेर पनि नसुनेको नाटक गर्नु प¥यो ।
तेसैले आमा आज माता औंसी
तिम्रो अमृत जस्तो दुध खुएर
जीवन बनाएको सन्तान म ।

एकविहान आ“खा मिचेर उड्दैं
यो लोकलाई देखाउन नै लागी
सामाजिक संजालका भिŒााहरुमा
तिम्रा पुराना तस्विरहरु पोष्ट गर्दै
आदर्शकाा दुई चार शब्दहरु कोर्दै
एक दुई के.जी फलफुल बोकेर
विभिन्न अखाद्यय रंगहरु मिसिएको
केहि लड्डु र गुटपाद लिएर
माता औंसीमा आमा भेट्न
वृद्घाश्रमको ढोका अगाडी उभिएर
आमाको मुख हेर्न पर्खी रहेको छु ।

सबै–सबै आमाका सन्तानहरु
म जस्तै असल पूत्रहरु नबनुन
माता औंसीमा आमाहरुलाई
सधै भरी धेरै धेरै शुभकामना ।

Facebook Comments