add
मनोरञ्जन

किन हुँदैछ अक्षय कुमारको नागरिकता र राष्ट्रिय पुरस्कारलाई लिएर विवाद ?

www.hdnicewallpapers.com

पछिल्लो केही समय यता अभिनेता अक्षय कुमारले एक पछि अर्को विवादको सामना गरिरहेका छन् । भारतमा भैरहेको चुनावका कारण उनको क्यानडाको नागरिकता चर्चाको विषय बनेको छ । उनको त्यही नागरिकताका कारण दुई वर्ष अघि ‘रुस्तम’ फिल्मका लागि पाएको राष्ट्रिय पुरस्कारका कारण विवादमा मुछिएका छन् ।

अक्षय कुमारसँग क्यानडाको नागरिकता रहेको छ । तसर्थ अक्षय कुमार विदेशी नागरिक भएका कारण उनलाई राष्ट्रिय पुरस्कार दिन नहुने भन्दै विवाद सिर्जना भएको छ । सामाजिक सञ्जालमा अक्षय कुमार क्यानडियन नागरिक भएका कारण उनलाई दिइएको राष्ट्रिय पुरस्कार प्रति आपत्ति जनाएका छन् । साथै उनी भारतीय नागरिक नभएका कारण पुरस्कारका लागि योग्य नएको भन्दै बहस चलेको छ ।

सामाजिक सञ्जालमा केही व्यक्तिहरु अक्षय कुमारविरुद्ध आफ्ना विचारहरु राखिरहका बेला फिल्म ‘रईस’ का निर्देशक राहुल ढोलकिया र अभिनेता परेश रावल भने अक्षय कुमारको समर्थनमा बोलेका छन् । निर्देशक राहुल ढोलकिया नेशनल फिल्म अवार्ड्सको निर्णायक मण्डलका सदस्य पनि हुन् । उनले ट्वीट गर्दै भनेका छन् ‘नेशनल अवार्ड्सको मुद्दामा यस्तो प्रावधान रहेको छ, विदेशी मूलका व्यक्तिलाई समेत यो पुरस्कार दिन मिल्छ । यो वैध हो र नियम अनुसार नै रहेको छ । किनकी म आफैँ पनि नेशनल फिल्म अवार्ड्सको निर्णायक मण्डलको सदस्य पनि भइसकेको छु ।’ एजेन्सी

Facebook Comments