add
खेलकुद स्थानीय खबर

बुद्धशान्तिमा बरपीपल सहकारीद्धारा अन्तरमावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बुधबारे, २३ बैशाख । बरपीपल बचत तथा ऋण सहकारी संस्था बुद्धशान्ति झापाले आयोजना गरेको बुद्धशान्ति क्षेत्रका अन्र्तरमावि लिखित हाजिरी जवाफ प्रतियोगितामा आदर्श मावि जयपूर प्रथम भएको छ ।

दुई चरणमा भएको प्रतियोगितामा सहभागी विद्यालयलाई पछाडी पार्दै आदर्श मावि प्रथम भएको हो । प्रतियोगितामा शान्ति निकेतन अंग्रेजी विद्यालय दोस्रो र गढीगाउँ मावि तेस्रो भए ।

प्रतियोगितामा प्रथम हुने आदर्शका आदित्य घिमिरे र सृजना अधिकारी, शान्तिनिकेतनका प्रनिष न्यौपाने र दिक्षा ढुंगेल तथा तेस्रो हुने गढीगाउँ माविका सोहन निरौला र दीपा तामाङलाई क्रमश तीन हजार, दुई हजार र एक हजार तथा प्रसंसापत्र सहित सम्मान गरिएको छ ।

संस्थाका अध्यक्ष हरिप्रसाद पौड्यालको सभापतित्वमा भएको कार्यक्रममा दोस्रो चरण प्रवेश गर्ने महानन्द शिक्षा सदन, बुद्धआदर्श मावि र राष्ट्रिय विजय माविका विद्यार्थीलाई पनि प्रसंसा पत्र प्रदान गरियो ।

शिक्षा उपसमिति संयोजक युवराज खतिवडाले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै सहभागी तथा अतिथिहरुलाई स्वागत गरेका थिए भने शान्तिनिकेतन अंग्रेजी माविका संस्थापक प्रिन्सिपल उदयचन्द्र कोइराला, संस्थाका सल्लाहकार छत्रमणी आचार्यले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य अनिल वाग्लेले गरेका थिए ।

Facebook Comments