add
स्थानीय खबर

बिर्तामोडका युवालाई लिडरसीप तालिम

बिर्तामोड, ३१ बैशाख । सहारा नेपालको आयोजना, ह्याविटाट फर ह्युमानिटी नेपालको सहयोग र बिर्तामोड नगरपालिका वडा नम्बर १० को संयोजनमा दुई दिनै एचवाइएवी लिडरसिप सम्बन्धी तालिम सोमबारदेखि शुरु भएको छ ।

युवा समूहलाई सामाजिक काममा उत्प्रैरित गर्दै नैतृत्व गर्ने क्षमता विकास गर्नै उद्देश्यले तालिको आयोजना गरिएको सहारा नेपालका शाखा प्रबन्धक घनश्याम रायले बताउनुभयो ।

प्रबन्धक रायको अध्यक्षता तथा विर्तामोड नगरपालिका वडा नं. १० का वडाध्यक्ष दुर्योधन गुरुङकौ प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन गर्दै युवालै सामाजिक कार्यमा पनि उत्तिकै सशक्त र सचेत हुनुपर्नेमा जौड दिंदै त्यसका लागि तालिम फलदायी हुने बताउनु भयो । कार्यक्रममा वडा नंं १० का वडा सदस्यहरु अर्जुन सिटौला, गीता घिमिरै, दिपिका शिवा भक्तसिं राजवंशी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

३५ जना प्रशिक्षार्थीकौ सहभागिता रहने तालिमको सहजीकरण कुसुम उप्रेती र विनोद दाहालले गर्ने बताइएकौ छ । ह्याविटाट नेपालले विकास निर्माण तथा दैवि प्रकोपका लागि समेत सहयोगी भूमिका खेल्नका लागि बिर्तामोड नगरपालिकामा ३०० जना युथ नेतृत्व उत्पादन गर्ने अभियान अन्तरगत उक्त कार्यक्रम सञ्चालन गरैकौ सहाराका शाखा प्रबन्धक रायले जानकारी दिनुभयो ।

Facebook Comments