add
विशेष स्थानीय खबर

लापरवाहीको उदाहरण बन्दै गौरादह, ५ फिट उचाईमा नांगो तार, तर्किएर हिड्छन् मानिसहरु


सान नेपाल
गौरादह, ३१ बैशाख ।
के तपाँई आप्mनो जमिनबाट विजुलीको तार टांग्ने अनुमति दिन सक्नु हुन्छ ? त्यो पनि ५÷६ फिटकै उचाइमा ? तर यो यथार्थ गौरादह ९ मा देख्न सकिन्छ । यहाँका मानिसहरु बिजुलीको तार फिताले नाप्ने गरेका छन् ।

यो वास्तविकता देखेर जो कोहीलाई हैरानी हुने गरेको छ । यो स्थान गौरादह न.पा. कार्यालयबाट करिव ३ कि.मी.पूर्वतर्पm किष्ने खोला पारि रहेको छ । नाप्नु त टाढाको कुरा मात्र ५ फिट उचाइ भएको मानिसको घाँटीसम्म आउने गरीको तार टांगिएको यो दृश्य देख्दा नेपाल विद्युत प्राधिकरण कतिसम्म लापरवाही गर्न सक्छ भन्ने सिधा अन्दाज गर्न सकिन्छ ।

तस्विरमा देखिए अनुसार जमिनबाट करेन्ट प्रवाहित तार करिव ५÷६ फिट उचाईमा रहेको छ जुन साधारण उचाई भएको मानिस मात्र होइन केटाकेटीहरुले पनि भेट्न सक्ने गरि टाँगिएको देखिन्छ । स्थानियवासीका अनुसार उक्त तार टाँगिएको करिव ७ वर्ष भयो, करेन्ट लाग्छ भन्ने डरले किसानहरुलाई सधैँ त्रास हुने गरेको उनीहरु बताउँछन् ।

वाडाध्यक्षले गाली गर्नुहुन्छ मेरो नाम नलेखिदिनुस् भन्ने सर्तमा एक स्थानिय कृषकले भने, गाई बस्तु पगा लगाउन पनि डर हुन्छ, करेन्ट लाग्गा भन्ने पिरले आधा मासु हुने गरेको छ’ । उनको भनाइ अनुसार यसबारेमा वाडाध्यक्षलाई राम्रोसँग जानकारी छ, पटक पटक समस्या सुनाउदा पनि कसैले वास्ता गरेको छैन, गाइवस्तु चराएर बसेका उनले सुनाए ।

यस सम्वन्धि थप विवरण पछि प्रकाशन गरिने छ ।

Facebook Comments