add
समाज

करेन्ट लागेर १ को मृत्यु

File photo


मोरङ, १ जेष्ठ। मोरङको धनपालथान गाउँपालिका–६ कदमाहमा आज करेण्ट लागेर १ जनाको मृत्यु भएको छ ।

बिहान करिब ९ बजेको समयमा सोही ठाउँमा नयाँ निर्माण भईरहेको मस्जिदको वालमा पानी लगाउन कल चलाउने क्रममा अचानक करेण्ट लागेर सोही गाउँपालिका–६ बस्ने २५ वर्षका मोहम्मद ईलियात मियाँ बेहोस भएका थिए ।

करेण्ट लागेर बेहोस भएका मियाँलाई उपचारको लागि कोशी अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा विहान साढे १० बजे मृत्यु भएको हो । घटनास्थलमा प्रहरीको टोली खटिन गई कानूनी प्रकृया पश्चात शव परिक्षणको लागि सोही अस्पतालमा राखिएको छ ।

Facebook Comments