add
समाज

ट्याक्टरमा च्यापिएर चालकको मृत्यु

मोरङ, १ जेष्ठ। मोरङको बुढीगंगा गाउँपालिका–७ एसआईटी ईट्टाभट्टामा आज ट्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ ।

बिहान साढे ९ बजेको समयमा सोही ईट्टाभट्टाको कम्पाउण्डवाल बनाउन को २ त ५१४ नम्बरको ट्याक्टरमा बालुवा लिएर उकालो चढ्ने क्रममा ट्याक्टर पछाडी सरेर ईन्जिनको भाग उचालिएर च्यापिदा सोही ट्याक्टरका चालक भोजपुरको हतुवागढी गाउँपालिका–९ हसनपुर बस्ने २५ वर्षका भरत राई घाईते भएका थिए ।

गम्भीर घाइते राईलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा बिहान १०स्४५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ ।

Facebook Comments