add
राजनीति

मिडिया काउन्सिल विधेयक ‘मृत्युको घण्टा’ हुनसक्ने अध्यक्ष थापाको चेतावनी

काठमाडौं, ४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले हालै ल्याएको ‘मिडिया काउन्सिल विधेयक’ प्रेसस्वतन्त्रताविरुद्ध ‘मृत्युको घण्टा’ हुनसक्ने चेतावनी दिएका छन्।

शनिबार बिहान ट्विट गर्दै अध्यक्ष थापाले प्रजातन्त्रको मेरुदण्डको रूपमा रहने प्रेसस्वतन्त्रतालाई संकुचित बनाउने विधेयकका प्रावधान हटाउन माग गरेका छन्।

‘लोकतन्त्रको अभ्यास भइरहेको बेला प्रेसविरुद्ध कठोर दृष्टिकोण र मिडिया काउन्सिलको स्वयत्तताको हनन उपयुक्त हुँदैन’, उनले लेखेका छन्। प्रेस स्वतन्त्रताविरोधी प्रावधान राखिएको भन्दै मिडिया काउन्सिल विधेयक रोक्न माग गर्दै पत्रकारहरू आन्दोलनमा रहेका वेला थापाको यस्तो प्रतिक्रिया आएको हो।

Facebook Comments