add
मनोरञ्जन

किन भारत फर्कनासाथ कंगना पक्राउ पर्दैछिन् ?

चर्चित भारतीय अभिनेत्री कंगना रनौत यतिबेला फ्रान्समा छन् । उनि फिल्म फेस्टिबलमा सरिक हुन फ्रान्स गएकी हुन् । तर एकाएक उनको विरुद्ध मुद्दा परेको छ । मुद्दाको कारण उनी भारत फर्कनासाथ प्रहरीले उनलाई पक्राउ गर्ने भारतीय मिडियाले जनाएका छन् ।

यतिबेला अभिनेत्री कंगनाका विरुद्ध प्रहरीमा उजुरी परेको छ । आदित्य पंचोलीले बलात्कारको झुटो मुद्दामा फसाउने धम्की दिएको भनी प्रहरीमा उजुरी गरेका छन् । जानकारीअनुसार केहि समयअघि कंगनाका वकिल रिजवान सिद्दिकीले बलात्कारको झुटो मुद्दामा फसाउने भनि आदित्यलाई धम्की दिएका थिए ।

यसअघि आदित्य पंचोलीले सन् २०१७ मा कंगना रनौतविरुद्ध मानहानीको मुद्दा दर्ता गरेका थिए । आदित्यका अनुसार आफूले मुद्दा दर्ता गरेपछि कंगनाका वकिलले उनलाई बलात्कारको झुटो मुद्दामा फसाउने धम्की दिएका छन् । आदित्यले पुलिसलाई प्रमाणका लागि भिडियो पनि बुझाएको बताइएको छ । एजेन्सी

Facebook Comments