add
समाज

जेठ ६ गते नेपाल बन्द

काठमाडौं, ४ जेठ । नेपाल कम्युनिष्ट पार्टी धादिङले जेठ ६ गते धादिङ बन्दको घोषणा गरेको छ । नेपाल कम्युनिष्ट पार्टी धादिङका जिल्ला सेक्रेटरी बुद्धले विज्ञप्ती जारी गर्दै घोषणा गरेका हुन् ।

सेक्रेटरी बुद्धले जारी गरेको विज्ञप्तीमा भनिएको छ ,‘हाम्रो पार्टीका महासचिवद्वारा हस्ताक्षरित यस अघिको बिज्ञप्ति अनुसार केपी ओलि सहभागी हुने देशका विभिन्न भागका जिल्ला बन्दको आयोजना गर्ने कार्यक्रम अनुसार यही जेष्ठ ६ गते धादिङको गल्छी बैरेनीमा केपी ओलि आउने जानकारी प्राप्त भएकोको बन्द गरिएको हो ।’

विज्ञप्तीमा बैरेनीमा केपी ओलि लगायतका उपस्थित हुने कार्यक्रमको आयोजना गरिएको हुँदा धादिङबन्द गरिएको र सो कार्यक्रम तत्काल स्थगित गर्न आयोजकलाई अपिल समेत गरिएको छ ।

Facebook Comments