add
विचार विशेष

माओबादको बैचारिक त्रुटी आलोचनात्मक दृष्टीकोण

प्रशान्त पुस्प रिजाल
२६ December 1893 मा Hu nan प्रान्तमा जन्मिएका माओ सन् १९११ को क्रान्ति पश्चात छ महिना सैनिकमा कार्यरत भए जहाँ उनले सैनिक दर्शनबारे यथेस्ट ज्ञान प्राप्त गरे । पछि १९१८ मा एक विश्वबिद्यालयबाट स्नातक परीक्षा पास गरे । र पछि १९२२ – १९२३ मा एक प्राथमिक शिक्षालयको principle को रुपमा कार्य गरे ।


प्रशान्त पुस्प रिजाल

१९२०-१९२१ मा Chen-Tu-shin को पहलमा एक साम्यबादी सम्मेलनको आयोजना हुदै दलको निर्माण भयो । त्यस पश्चात १९२७ को क्रान्तिमा उनी सक्रियताका साथ लागे । यसै बीच Chu Teh सँग मिलेर Red Army को स्थापना गरे । तात्कालिन चीनको परीस्थिति अत्यन्त भयाभय थियो । जाङकायी सँगको आन्तरिक मतभेदका साथै जापानले पटक–पटक चीनलाई हमला गरिरहेका थिए । यसै बीच माओले कोमिन्ताङको पहाडमा हजारो लाल सेनाका साथ तीन हजार माइलको यात्रा गरे । तत. पश्चात उनी चिनिया साम्यबादी दलको प्रमुख नेता बने ।

माओ माक्र्सबादको नविन प्रयोगकर्ता थिए । उनले माक्र्सवादका सबै दृष्टीकोणलाई नयाँ उचाईमा लगे यद्दपी उनका रणनिति र विश्लेषण प्राचिन चिनिँया संस्कृति इतिहास अन्तरगत नै थियो । एकपटक माओले भनेका थिए ।

“ रुसको इतिहासले रुसी ब्यवस्थालाई जन्मदियो , चीनको व्यवस्थालाई चीनको इतिहासले जन्म दिने छ । चिनिया साम्यबादी पहिले चीन अनी मात्र साम्यबाद हो ।“

माओ एक अध्ययनशील ब्यक्ति थिए । चीनमा आदिमकालदेखि चलिआएको सस्कृित, बिचार पद्धती, ब्यवहारबारे उनमा राम्रो दखल थियो । अत उनको साम्यबादीधारा चिनिया सस्कृतिको माक्र्सबादी बिश्लेषण थियो ।

चीनमा इशा पूर्व चौथो शताब्दीमा shang yang नामक विचारक र कन्फ्युसियस बीच बैचारीक द्वोन्द्ध थियो । shang Yang को दर्शनमा राज्यको निरङकुशता, राज्य ब्यवस्थामा एकरूपता, शिक्षाको केन्द्रिकरण, साहित्यमा नियन्त्रण आदि पक्ष थिए । जसलाई माओले साम्यबादी विचारमा कलात्मक ढङगले ब्याख्या गरेका थिए । आजपनि जनवादी गणतन्त्रको चीनको सैद्धातिक ढाँचा त्यहि नै छ ।

चिनिया इतिहासमा चीन हुनु पूर्व middle Kingdom को नामबाट प्रसिद्व थियो जहाँ हजारौ नगर राज्यहरू निरङकुश शासकको अधीनमा थिए । त्यस बेला Hundred school of philosophy नामक विचार चिनमा प्रचलित थियो । उक्त दर्शनले मानब र समाज तथा ब्रम्हाव्णको व्याख्या गरेको थियो । माओको “सयौ फुल, सयौ बिचार सम्प्रदाय“ सिद्धान्त त्यही विचारको माक्र्सवादी ब्याख्या थियो ।

माओको प्रमुख राजनैतिक सिद्धान्त नया लोकतन्त्र (New Democracy) जर्मन या रुसी साम्यबादबाट लिएको थिएन । उनको यो सिद्धान्त प्राचीन Wang Mang(9-23AD) साम्राज्यको विचार नयाँ राजबंश (New dynsty) बाट लिएका थिए । नयाँ राजवंश विचारधार अन्तरगत सम्पुर्ण भूमिका राज्यको अधिकार रहने, कृषकलाई कम कर लगाउने, कृषकलाई सहुलियतमा ऋण दिने, उत्पादनका पक्षमा राज्यको एकाधिकार रहने जस्ता प्रमुख सिद्धान्त थिए । जसलाई माओले कृषि क्रान्तिमा कलात्मक ढङ्गबाट ब्याख्या गरेका थिए ।

माओले द्वारा प्रतिबादीत सैनिक रणनिति बोल्शेविकहरूबाट लिएको थिएन । कन्फ्युसियसका समकालिन shun Tzu चिनमा सैनिक रणनितिका प्रतिपादक मानिन्छ । उनका अनुसार “ युद्ध गरेर विजय प्राप्त गर्नु मात्र पुरूशार्थ हैन, युद्व नगरी शत्रुका सबै सामथ्य नस्ट गर्नुपर्दछ । यदि शत्रु र आफ्नो क्षमताको सहि बिश्लेषण गरे ठूलाभन्दा ठूला युद्वमा पराजयको मुख देख्नु पर्देन ।’’ माओद्वारा प्रतिपाद्धित Red Army को मुख्य रणनिति नै यहि थियो ।

नेपाली परीपेक्षमा Bernsten परस्त मदन भन्डारीले कम्युनिस्ट आन्दोलनलाई बिसर्जनबादमा लगे पश्चात बर्ग सङघर्ष युगको आवश्यकता थियो । फलस्वरुप ०५२ सालमा माओबादलाई सैद्धान्तिक आधार मान्दै एउटा बामपन्थी खेमा युद्धमा गयो । दूर्रभाग्यवस त्यो खेमाले बर्ग बिश्लेषण त गर्यो तर रणनितिक तवरमा बिश्लेषण गर्न चुक्यो । माओबादी धेरै भए माओ कोहि भएनन् । हाम्रो सस्कृति, इतिहास चीनभन्दा धनि छ । यदपी पुर्विय दर्शन र इतिहासको बिश्लेषण भन्दा कोर माक्सबादी पुस्तक कै धेरै विश्लेषण भयो । पुर्विय इतिहासमा श्री कृष्ण देखि बुद्ध, महाविर चाणाक्य सम्मका ब्यक्तिका महान विचारका सयौ दार्शनिक चिन्तन रहेका छन् । जसको गहन बिश्लेषण गरे क्रान्ति, सङघर्षको आधार तय गर्न सकिन्थियो । ओशो र जनिशले कृष्णको त्यो पूर्ण स्वरुपलाई व्याख्या गरेका छन् जसले शान्ति र क्रान्तिलाई सँग सँगै आत्मसाथ गर्न अदभुद क्षमता थियो ।

तथापी नेपाली क्रान्तिको बिश्लेणमा यी व्यक्तिको चिन्तनले कहिले स्थान पाएन । जातिय रूपमा गरिएको विश्लेषण पनि गलत थिएन । हामीकहाँ बर्ण ब्यवस्था कुहिएर चरम असमानता थिए । तथापी यसको हलका निम्ति सङघर्ष र विवेकानन्दको बैदिक समाजबादको समन्वय भएन । फलस्वरुप यसका बिकृतिहरू देखा परे। । जातिय प्रतिशोद र मतभेदहरू देखा परे ।

समग्रमा मदन भन्डारीले Brenston विचारधारालाई नेपाली कम्युनिस्ट आन्दोलनमा प्रयोग गरेसँगै निस्तेज माक्सबादी क्रान्तिकारी चिन्तनमा माओबादी विचारधाराले पूर्नजागरण अवश्य गरयो । यद्दपी १९९० मा Berlin Wall भत्किएर रुसी सत्ता टुटेसँग रक्षात्मक कम्युनिस्ट आन्दोलनलाई साङगठनिक आधार दिनुमा जबजकै मुख्य योगदान रयो ।।

तसर्थ आजको आवश्यकता जबजको निभमा रहेको सङगठनमा माओबादले ल्याएको क्रान्तिकारी पुर्नजागरण र संस्कृति, इतिहासको बिश्लेषण सहितको आधुनिक समाजबादी बिचारको प्रतिपादन गर्नु नै बर्तमान कम्युनिस्ट पार्टिको मार्गचित्रण हुनुपर्छ ।।
.

Facebook Comments