add
विशेष साहित्य स्थानीय खबर

कविता– फेरी बुद्ध जन्माइ देउ

कवि– दीपक चापागाई
कनकाई –२ झापा

नेपाल आमा फेरी बुद्ध जन्माइ देउ
तिम्रो काखमा शान्तिको बालक
लुटपुटीदै लुम्बिनीको आगनमा
तोते बोल्दै खेलेको हेर्नलाई हामी
सगरमाथाको आधार शिबिरबाट
टेलिस्कोपको साहेतामा कहिले
मेचिपारी टिष्टासम्म कहिले
महाकाली नदीपारी काँगडासम्म
लेन्स घुमाएर फेरी लुम्बिनीमा नै
विश्व शान्तिको कामना गर्दै हामी
पुरै ग्रेटर नेपाल घेर्न हेरिरहेका छौँ ।

नेपाल आमा तिमीले जन्माएको बुद्ध
हाम्रो साथमा लिएर हामी नेपाली
कहिले कोसोको, कहिले हैटीको
कहिले इजरायल र प्यालेस्टाइनको
बीच उभ्याएर बारुदको गन्घमा
सिया र सुन्नीलाई सिरियामा
शान्तिको सुवाषना छर्दै हामी
कारगिल र कास्मिर बीच पुगेर
शान्ति र सम्बृद्धीको बिगुल फुक्दै
युद्धले चिरा चिरा पारिएको घाऊ
पानी परेर उग्रिएको आकास सरी
यो संसारलाई सफा पर्ने छौँ आमा।

ज्ञान, विवेकको अभावमा आज
मानिस पशु समान भएको छ
मान्छेसँग मान्छे पनि दानवीय
व्यवहार देखाइरहेको छ यहाँ
पापीहरुले धर्मलाई व्यापार बनाएर
धर्मको ढोगी र पाखण्डीहरुले
सत्य र सत् बुद्धिको पसल थापेर
धर्मको व्यापार गरिरहेका हरूले
बुद्धका उपदेशहरु उपदेश नमानेर
उपहासको खेती गरिरहेका छन् ।

त्यसैले नेपाल आमा
विश्वकै शान्ति पीठ बनाउनको निम्ति
यहाँ हुने हत्या हिंसा रोक्नको निम्ति
मानिसलाई मानवीय व्यवहार गर्न
सत्ज्ञान बुद्धि र विवेक दिनको निम्ति
खराब आचरणहरुको अन्त्य गर्दै
सुन्दर, शान्त र विशाल नेपाल बनाउन
नेपाल आमा फेरि बुद्ध जन्माइ देऊ ।

Facebook Comments