भद्रपुर, ६ जेठ । हल्दिवारी गाउँपालिकामा वडा स्तरीय नकाउट फुटबल प्रतियोगिता सरु गरिएको छ ।
गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा स्थानीय स्तरबाट खेलकुदमा अब्बल खेलाडी जन्माउने उदेश्यले प्रतियोगिता सुरु गरिएको हो ।
गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष महेशलाल मेचेको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा भएको उद्घाटन खेलमा जनप्रतिनिधि ११ लाई कर्मचारी ११ ले २—० अन्तरमा हराएको थियो । कार्यक्रमको औपचारिक प्रतियोगितात्मक खेल भने हल्दिवारी १ ए र २ बी बीच भएको थियो । सो खेलमा हल्दिवारी १ ए र २ बी ले १—१ गोल गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।