add
राजनीति विशेष स्थानीय खबर

नेकपा राष्ट्रिय आवश्यकताको परिणामः रक्षामन्त्री पोखरेल

सन्तोष शर्मा
बनियानी, १० जेठ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय आवश्यकताको परिणाम भएको बताउनुभएको छ ।

बिर्तामोडमा आज आयोजित नेकपा, झापाको ‘सपथ ग्रहण कार्यक्रम’मा सम्बोधन गर्दै रक्षामन्त्री पोखरेलले त्यस्तो बताउनुभएको हो । ‘यो कार्यकर्ताको चाहना, जनताको भावना र राष्ट्रिय आवश्यकताको परिणाम हो’, उहाँले भन्नुभयो ।

मुलुकमा राजनीतिक अस्थिरताका कारण छ÷छ महिनामा सरकार परिवर्तन हुने अवस्थालाई अन्त्य गर्न र मुलुककको आवश्यकता पूरा गर्न नेकपा बनेको उहाँले स्पष्ट पार्नुभयो । ‘कम्युनिष्टहरु फुट्न मात्र जान्छन्, जुट्न जाँदैनन् भन्ने थियो’, उहाँले भन्नुभयो, ‘हामीले कम्युनिष्ट जुट्न जान्छन् भन्ने सन्देश दिएका छौँ ।’

अब मुलुकमा एमाले र माओवादी नरहेको बताउँदै उहाँले नेकपा मात्र रहेकाले विगतका अनुभव र शिक्षाबाट पाठ सिकेर अघि बढ्न नेता–कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । काली र सेती गण्डकी मिलेर नारायणी बनेको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘कालो र सेतो छुट्याउने होइन, एकताको भावनाका साथ अघि बढ्नुपर्छ, एमाले र माओवादी भन्ने कुरा रहेन, नेकपा बनिसक्यो ।’

विगतका कुरालाई कोट्याएर वर्तमानलाई घाइते नबनाउन आग्रह गर्दै नेता पोखरेलले व्यक्ति नहेरी योग्यता, क्षमता र लोकप्रियताका आधारमा मातहतका कमिटी गठन गर्न सुझाव दिनुभयो ।

‘दुई धार, तीन तरेलीको कमिटी बनाउनुहोस्’, दुई धार तीन तरेली तत्पर्य खुलाउँदै नेता पोखरेलले भन्नुभयो, ‘दुई धार भनेको पार्टीमा योगदान दिने कर्तव्यनिष्ठ कार्यकर्ता र पार्टीमा आबद्ध विषयविज्ञ (कृषि, शिक्षा लगायत) हो, तीन तरेली भनेको पाका, अधवैंशे र युवा हुन्, यस्तो कमिटीले मात्र पार्टी सक्षम र सबल बन्न सक्छ ।’ उहाँले भीडमा नभई संगठनमा देखिने पार्टी बनाउन आग्रह गर्नुभयो । शृंखलाबद्ध कमिटी बनाउन आग्रह गर्दै उहाँले भन्नुभयो, ‘साङ्लोजस्तो पार्टी संगठन बनाउनुपर्छ, त्यस्तो संगठनमा ऊर्जा हुन्छ ।’

कम्युनिष्ट पार्टीमा ‘लैवरी लै हुने’ छूट नहुने बताउँदै नेता पोखरेलले पार्टीमा एउटै विशिष्ठ विचार हुने बताउनुभयो । ‘कम्युनिष्ट पार्टी एउटै चहकिलो विचारमा अघि बढ्नुपर्छ, खैँराती विचारले हुँदैन’, उहाँले भन्नुभयो, ‘त्यस्तो पार्टीले मात्र देशलाई सही दिशा दिन सक्छ ।’

हार्दा सबैले हार्ने र जित्दा सबैले जित्ने भएकाले विचारमा छलफल गर्नुपर्नेमा जोड दिनुभयो । ‘पहिलो कुरा विचारलाई व्यवस्थापन गर्न सक्नुपर्छ’, उहाँले भन्नुभयो, ‘अनिमात्र सोचेको गन्तव्यमा पुग्न सकिन्छ ।’ कार्यक्रममा नेता पोखरेलले नेकपा झापा अध्यक्ष चिन्तन पाठक, सचिव मणि साम्पाङ (विजय) लगायत १७७ सदस्यीय कमिटीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो ।

यी हुन् नेकपा झापा १७७ सदस्यहरु

जिल्ला कमिटीमा अध्यक्ष पाठक, सचिव साम्पाङसहित सदस्यहरुमा, जनार्दन उप्रेती, गोपाल प्रसाई, राजेन्द्रकुमार पोखरेल, ख्यामनाथ मिश्र, अम्बिका राजवंशी, सारदा प्रसाई पाठक, चन्द्रमान कन्दङ्वा, असारु राजवंशी, अमृता राई, अर्जुन पौडेल, ओमनारायण राजवंशी, एकराज तिम्सिना, एकराज कार्की, कमला आचार्य, कल्पना दर्नाल रहेका छन् ।

त्यस्तै, केन्द्रबहादुर प्रसार्इं, कैलास मास्के, कुसुम राई, कृष्ण बिमली, खोदनाथ चापागाई, गणेशबहादुर बस्नेत, गोपाल बुडाथोकी, गोविन्द पोखरेल, गीता भेट्वाल, घनश्याम अधिकारी, चन्द्र सुब्बा, चन्द्र प्रसाईं, चन्द्रा श्रेष्ठ, चन्द्रकुमार शेर्मा, छवि चुँडाल, जानुका गुरागाईं, जीवन श्रेष्ठ, टिकाराम मंग्राती, टिकाराम गुरुङ, डम्बर गिरी, डिल्लीराम घिमिरे, देवकुमार राई, देवराज कार्की, देविमाया भट्टराई रहेका छन् ।

यस्तै, धुव्र शिवाकोटी, धर्म शिवाकोटी, नरेन्द्र मेचे, नरमाया कार्की, नेत्र दाहाल, नारायण पोखरेल, नारायण गौतम, निर्मला शिवाकोटी, निलकण्ठ तिवारी, पदम सुब्बा, पदमबहादुर थापा, पवित्रा महतरा, पवित्रा पाठक, प्रेम गिरी, प्रेमप्रकाश सिटौला, बन्धन मुण्डा, बद्रीप्रसाद भट्टराई, बलराम खरेल, वेणुप्रसाद शिवाकोटी, विन्दा पौडेल, विनोद पोखरेल, भोजकुमार नेपाल, भोला परियार, भक्तबहादुर बानियाँ, मणि भण्डारी, मदन अधिकारी, माधव विद्रोही, मन्जु सिटौला, मिरा भुर्तेल, मिना बस्नेत रहेका छन् ।

त्यसैगरी, मिना पराजुली, मिना उप्रेती, योगराज दाहाल, योगेन्द्र आचार्य, योगकुमार पराजुली, यामबहादुर श्रेष्ठ, अम्बिका खनाल, राजेन्द्र दाहाल, राधाकृष्ण खनाल, रेणुका डाँगी, लीला दाहाल, लीला कट्टेल कार्की, लालबहादुर थामी, लाल महमद मिया, लक्ष्मण पाठक, लक्ष्मीकुमार राई, सन्तकुमार राई, सन्तोष आचार्य, सर्वतलाल राजवंशी, सविता दाहाल, सत्यनारायण राजवंशी, सावित्रा बस्नेत, सोम न्यौपाने, शंकर थापा, सारदा पराजुली, सारदा शर्मा घिमिरे, सोभा खवास, श्याम लुवागुन रहेका छन् ।

यसैगरी, नारायण पौडेल, श्रीप्रसाद मैनाली, शिव ढुङ्गेल, हरि राना, हरि ओझा, तुलसी कार्की, हरिचरण बानियाँ, हिरा पोखरेल, हिमादेवी खतिवडा, ज्ञानेन्द्र विक, हरि ढुङ्गाना, मोहन टुडु, रमेश गुरागाईं, प्रकाश भण्डारी, इन्दिरा कार्की, राजेश राई, किरण गुरागाईं, प्रेमप्रसाद भट्टराई, खड्ग तिम्सिना, छत्र तिम्सिना, सुरेश बराइली, अस्मिताकला लिम्बू, भुपेन्द्र न्यौपाने, नरबहादुर तामाङ, खगेन्द्र नेपाल, जितेश योञ्जन, कृतिकुमार राजवंशी, दिपेन्द्र लम्साल, कुवेर श्रेष्ठ, मोहन नेम्बाङ रहेका छन् ।

यस्तै, ठगबहादुर खड्का, युवराज दाहाल, अग्नि दाहाल, सन्तोष थापा, प्रकाश भट्टराई, पूजा खनाल, निर्मला खतिवडा निरु, राधिका ओझा, राजेन्द्र योङहाङ, भानु दंगाल, नरेश चुडाल, नरेश संजेल, हेमराज भण्डारी झापाली, एनपी वनेम, मिरा सञ्जेल, मेदनी शिवाकोटी, दयाराम दाहाल (सुलभ), तेजराज मैनाली, बुद्धि नेपाल, देवि ओझा, रनकुमार राजवंशी, मोरगुब आलम, हेम कार्की, आइतवारी राजवंशी, ढुण्डी गुरागाईं, रामबहादुर राई, चन्द्रसिंह कुलुङ, नरबहादुर लामिछाने, बन्दना झागड, प्रताव सुब्बा, परशु सुवेदी, दुर्गा चम्लगाई, बेदु गौतम, डम्बर पुलामी, सीताराम अधिकारी, भूमिका कोइराला, सुमित्रा वाङ्देल, हुकुम नेपाल, पुष्प ढकाल, कुमार खतिवडा, ढुण्डीराज घिमिरे, विद्यानन्दसिंह राजवंशी, किना राजवंशी, चन्द्रमोहन राजवंशी, मेघराज आचार्य, सीता सापकोटा र खगेन्द्र सुवेदी रहेका छन् । जिल्ला कमिटीमा तत्कालीन एमालेबाट १०५ र माओवादी केन्द्रबाट ७० जना जिल्ला कमिटीमा रहेकाका छन् ।

Facebook Comments