काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवनरक्षाका लागि एकतावद्ध भएर प्रदर्शनमा उत्रन सबैलाई आह्वान गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ चिकित्सक केसीले जायज माग राखेर आमरण अनसन बसेको दावी गर्दै उनको जीवनरक्षाका लागि एकतावद्ध भएर प्रदर्शनमा उत्रन आह्वान गर्नु भएको हो ।



उनले बिहीबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ आफू नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश हुबहू पारित नगरे मान्य नहुने चेतावनी पनि दिनु भयो । सभापति देउवाले डा. केसीको ज्यान जाने अवस्था आउँदा पनि सरकार उनको माग सम्बोधन गर्न गम्भीर नभएको आरोप समेत लगाउए ।
सभापति देउवाले जुम्लामा वरिष्ठ चिकित्सक केसीको समर्थकमाथि प्रहरीले अश्रुग्यास प्रहार गरी कुटपीट गरेको घटनाको निन्दा र भत्सर्ना पनि गरेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


