add
राजनीति

अभिभावकत्व ग्रहण प्रचारमात्रैः प्रधानमन्त्रीले नै बिर्सिए दायित्व

काठमाडौँ, २५ जेठ । मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा कार्मारोङ गाउँपालिका–८ माग्रीकी आठ वर्षीया ठिन्ले माङ्मु लामाको अभिभाकत्व ग्रहण गरे ।

आर्थिक अभावकै कारण कोही पनि बालबालिका विद्यालयबाहिर रहन नपरोस् भन्ने उद्देस्य राखेर प्रधानमन्त्रीले सुरु गरेको अभियानको धेरेले सिको गरे । राराकै प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि छिरिङ छोङ्जुम लामाको अभिभावकत्व ग्रहण गरिन् ।

तर, विडम्बना, प्रधानमन्त्री स्वयंले अभिभाकत्व ग्रहण गरेकी बालिका ठिन्ले ज्यान जोखिममा राखेर पढाइ खर्च जुटाउन अहिले यार्सा खोज्न उच्च हिमाली पाटन पुगेकी छिन् । आजको नागरिक दैनिकमा खबर छ ।

Facebook Comments