add
मनोरञ्जन

बलिउडका चर्चित अभिनेता गिरीशको निधन

बलिउडका चर्चित कलाकार गिरीश कर्नाडको निधन भएको छ ।

अभिनेतादेखि निर्देशक, नाटककार, लेखक र ज्ञानपीठ पुरस्कार विजेता समेत रहेका गिरीशको ८१ बर्षको उमेरमा निधन भएको हो । केही समयदेखि बिरामी भईरहेका उनलाई अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा नै आज उनको घरमै निधन भएको बताईएको छ ।

बलिउडमा पनि केही फिल्महरुमा काम गरेका उनी पछिल्लो समय एक था टाईगर र टाईगर जिन्दा है बाट थप चर्चित बनेका थिए । नाटक लेखनमा समेत पोख्त रहेका उनको अधिकांश नाटकहरु पनि चर्चित बनेका थिए । उनले थुप्रै भारतीय राष्ट्रिय पुरस्कार , साहित्यक पुरस्कार समेत पाएका थिए । उनको निधनमा बलिउड तथा साउथका कलाकारहरुले दुख व्यक्त गर्दै श्रद्धान्जली व्यक्त गरेका छन् ।

Facebook Comments