add
समाज

ट्रिपर दुर्घटनामा चालकको मृत्यु

उदयपुर, २७ जेठ। उदयपुरको कटारी नगरपालिका–११ मा आईतवार ट्रिपर दुर्घटनामा परि चालकको मृत्यु भएको छ ।

सिद्धिचरण राजमार्ग अन्तर्गत घुर्मीबाट कटारीतर्फ आउँदै गरेको बा ३ ख ४१३० नम्बरको ट्रिपर राती साढे ९ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी ८–९ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा ट्रिपरका चालक सोलुखुम्बु साबिक नेचा–३ बस्ने २१ बर्षीय सुजन भण्डारीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटिनगई कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि राती ०१ः५५ मा कटारी अस्पताल पठाईएको उक्त कार्यालयले जनाएको छ ।

Facebook Comments