add
समाज

लोभ देखाएर १६ वर्षीया किशोरीमाथि बलात्कार

विराटनगर, २७ जेठ । विवाहको लोभ देखाएर एक किशोरीलाई करणी गरेको अभियोगमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरी आइतवार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार विराटनगर–१२ घर भई विराटनगर–१० सोमबारे हटिया नजिकै भाडामा बस्ने २५ वर्षीय विवेक भन्ने दिव्य पोद्धारलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । उनले विराटनगर–१४ की १६ वर्षीया एक किशोरीलाई विवाह गर्छु भनी ललाइफकाई गत वैशाख १० गते कोठामा लगी करणी गरेका थिए ।

पीडितका परिवारले दिएको उजुरीका आधारमा पोद्धारलाई जेठ २३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।

आरोपी पौद्धारको आठ वर्षअघि विवाह भएको थियो । निजलाई जिल्ला अदालत मोरङबाट जबर्जस्ती करणी कसुरअन्तर्गत म्याद थप गरी थप अनुसन्धान भइरहेको छ प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments