add
विशेष स्थानीय खबर

कनकाई अस्पताल युवती मृत्यु प्रकरणः पाँच लाखमा मिल्यो विवाद !

बिर्तामोड, २७ जेठ । झापाको बिर्तामोडस्थित कनकाई अस्पतालमा उपचारको क्रममा युवतीको मृत्यु भएपछि उत्पन्न भएको तनाव मिलेको छ ।

घटना अग्ररुप लिएपछि अस्पताल प्रशासन र पीडित पक्ष भएको वार्तामा दुई बुँदे सहमति भएपछि बल्झिएको विवाद मिलेको हो । बिर्तामोड नगरपालिकामा सोमबार बिहान दुई बजेसम्म दुवै पक्षबीच भएको वार्तामा उपचारका क्रममा मृत्यु भएका युवतीका परिवारलाई समवेदना स्वरूप ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने र उपचारमा संलग्न चिकित्सकको लापरबाही भएको वा नभएको बारेमा छानबिन गर्ने सहमति भएको छ।

बिर्तामोड नगरपालिका–५ का वडाध्यक्ष राजेन्द्र कुमार लिङदेनको संयोजकत्वमा बनेको नौ सदस्य छानबिन समितिले १० दिन भित्रमा प्रतिवेदन बुझाउने सहमति भएको छ।

आइतबार इलामको सूर्योदय नगरपालिका–९ फिक्कलकी २१ वर्षीया देवीका तामाङको गत मृत्यु भएको थियो । उनको गत बुधवार कनकाई अस्पतालमा एपिन्डीसको शल्यक्रियाका गरिएको थियो । युतवीको मृत्यु पश्चात् आफन्तहरूले उपचारमा संग्लन चिकित्सकलाई कारबाहीको माग गर्दै अस्पताल परिसरमै शव राखेर विरोध प्रदर्शन उत्रिएका थिए ।

Facebook Comments