add
मनोरञ्जन स्थानीय खबर

झापामा ‘सारेगम लिटिल चाम्स–२०१९’मा सेकेन्ड रनरअप प्रितम आचार्यलाई भव्य स्वागत

झापा, २७ जेठ । ‘सारेगम लिटिल चाम्स–२०१९’मा सेकेन्ड रनरअप प्रितम आचार्यलाई काँकडभिट्टामा भव्य स्वागत गरिएको छ ।

जी टीभीबाट प्रशारण भएका सो मार्फत चर्चित भएका आचार्यलाई आफन्त, परिवार र इष्टमित्र सहित हजारौ सर्वसाधरण स्वागतका लागि मेची पुल पुगेका थिए ।

नेपालका आयुष केसीले यो शोमा चौथो स्थान हासिल गर्दा प्रितम भने तेस्रो भएका थिए । आचार्य सुनसरीको इटहरीका स्थायी बासिन्दा हुन् । उनलाई फूलमाला सहित भव्य स्वागत गरिएको थियो । उनले स्वागतमा आएकालाई गित सुनाएका थिए ।

Facebook Comments