add
विशेष शिक्षा स्थानीय खबर

विश्वस्तरीय शै‌क्षिक गुणस्तर मापदण्डमा प्रवे‌श गर्दै मेची क्याम्पस

भद्रपुर, ३१ जेठ । यहाँस्थित मे‌ची बहुमुखी क्याम्पस विश्वस्तरीय शै‌क्षिक गुणस्तर मापदण्डमा प्रवे‌श गनेर्‌ संघारमा रहे‌को‌ छ ।

त्रिभुवन विश्वविद्यालयले‌ हाल सञ्चालनमा रहे‌को‌ से‌मे‌ष्टर प्रणालीलाई आधुनिक, गुणस्तरीय एवम् विश्वस्तरीय बनाउने‌ तयारी थाले‌अनुरुप से‌मे‌ष्टर प्रणालीमा कक्षा सञ्चालन भइरहे‌का मे‌ची बहुमुखी क्याम्पस सहित मो‌फसलका १६ वटा आंगिक क्याम्पस र अन्य उपत्यकाका विभिन्न आंगिक क्याम्पसहरूलाई सो‌ मापदण्डमा प्रवे‌श गराउन तत्सम्बन्धी तयारी गरिरहे‌को‌ त्रिवि स्रो‌तबाट बुझिएको‌ हो‌ ।

विश्वव्यापी भूमण्डलीकरणका कारण सिक्ने‌ र सिकाउने‌ प्रणालीमा परिवर्तन आएको‌ हुनाले‌ सूचना तथा प्रविधिको‌ प्रयो‌गबाट कक्षाको‌ठामा सिकाइको‌ प्रभावी वातावरण निर्माण गदैर्‌ विद्यार्थीको‌ परीक्षाको‌ नतिजाको‌ मात्रै‌ मूल्यांकन नगरे‌र तिनमा अन्तर्निहित क्षमता, कला र शै‌ली समे‌तको‌ मूल्यांकन गरिने‌ से‌मे‌ष्टर प्रणालीलाई थप व्यवस्थित बनाउँदै‌ लै‌जाउनुपनेर्‌ अवधारणाका साथ त्रिभुवन विश्वविद्यालयले‌ विश्वकै‌ उत्कृष्ट शै‌क्षिक प्रणाली मानिएको‌ से‌मे‌ष्टर प्रणालीलाई थप समयसापे‌क्ष बनाउने‌ अभियान शुरु गरे‌को‌ स्रो‌तको‌ कथन छ ।

यस सम्बन्धमा मे‌ची बहुमुखी क्याम्पसका प्रमुख कमल गुरागाईंसँग राखिएको‌ जिज्ञासामा उनले‌ भने‌का छन्— यस क्याम्पसले‌ सम्भवतः अकोर्‌ महिनासम्ममा शिक्षामा गुणस्तरीयताका लागि विश्वविद्यालय अनुदान आयो‌ग (यूजीसी)बाट प्रदान गरिने‌ स्तरीयता समानीकरण मापदण्ड अनुरुप शै‌क्षिक गुणस्तरीयताको‌ मापक क्यूएए प्रमाण–पत्र पाउने‌छ । जुन पाएपछि विश्वका अन्य क्यूएए प्राप्त क्याम्पस (कले‌ज)हरूमा गएर अध्ययन–अध्यापन गर्ने‌ बाटो‌ खुल्ने‌छ । तिनले‌ यस क्याम्पसको‌ क्यूएए लाई मान्यता दिने‌छन् ।

सो‌ विश्वस्तरीय प्रमाण–पत्र पाएपछि चाहिं यस क्याम्पसले‌ आफूले‌ सञ्चालन गरिरहे‌का विषयहरूको‌ पाठ्यक्रम बनाउन, प्रश्न–पत्र तयार गर्न, परीक्षा लिन, उत्तर पुस्तिका जाँच्न र आवश्यक लागे‌का अन्य संकाय तथा विषय समे‌त थप गरी अध्ययन–अध्यापन गर्न स्वतन्त्र हुने‌ पनि उनले‌ बताए ।

भनिएअनुसार, सो‌ प्रमाण–पत्र पाएसँगै‌ शै‌क्षिकस्तर विकासका निम्ति यो‌ क्याम्पसले‌ पहिलो‌ खे‌प कम्तीमा ३ करो‌ड रुपै‌याँ प्राप्त गनेर्‌छ । कुनै‌ पनि मुलुकको‌ विकासका लागि गुणस्तरीय शिक्षा पहिलो‌ शर्त हो‌ भन्ने‌ मान्यताका साथ विकासो‌न्मुख मुलुकहरूको‌ शै‌क्षिकस्तर उकास्न विश्व बै‌ंकको‌ एक इकाई आईडीए.ले‌ युजीसी मार्फत गनेर्‌ अनुदान लगानीको‌ सूचीमा मे‌ची बहुमुखी क्याम्पसलाई समावे‌श गर्नका लागि के‌ही हप्ता अघि युजीसी.को‌ विज्ञ टो‌ली यहाँ आएर अनुगमन–निरीक्षण पश्चात् यस क्याम्पसलाई उपयुक्त ठह¥याएर सिफारिश गरिसके‌को‌ क्याम्पस–प्रमुखले‌ जानकारी दिए ।

यस अघि गत २०७४ सालको‌ जे‌ठमै‌ आफ्नो‌ यो‌ आंगिक क्याम्पसलाई स्वनिर्भर हुन त्रिविले‌ स्वायत्तता प्रदान गरे‌र पहिलो‌ चरणमा अनुदान दिएको‌ ४ करो‌ड रुपै‌याँको‌ फरफारक विवरण पे‌शे‌पछि अब फे‌रि दो‌स्रो‌ खे‌प त्यति नै‌ रकम अनुदानस्वरूप प्राप्त हुने‌ काम हाल पाइपलाइनमा रहे‌को‌ समे‌त प्रमुख गुरागाईंले‌ बताए ।
त्रिवि.को‌ सो‌ही अनुदानबाट हाल यस क्याम्पसमा नयाँ विषय बी.एस्सी., सीएस तहका लागि ३ करो‌ड लागतको‌ आईटी भवन निर्माणाधीन छ भने‌ गल्र्स हो‌स्टे‌ल र मानविकीतर्फको‌ पुरानो‌ भवनका लागि के‌न्द्रीय सरकारबाट डे‌ढ÷डे‌ढ करो‌ड बजे‌ट प्राप्त हुने‌ चरणमा रहे‌को‌ पनि बताइएको‌ छ ।

हाल मे‌ची बहुमुखी क्याम्पसका विभिन्न संकायमा १ हजार ८ सय विद्यार्थी अध्ययनरत् छन् । र, अबका दिनहरूमा यो‌ क्याम्पस युगानुकूल दक्ष जनशक्ति उत्पादन गनेर्‌ एक भरपदोर्‌ शै‌क्षिक गन्तव्य बन्ने‌ क्रममा रहे‌को‌ शिक्षा सरो‌कारीहरूको‌ अभिमत पाइन्छ  । साप्ताहिक समाचारबाट

Facebook Comments