add
शीर्ष खबर स्थानीय खबर

इस्टु प्रदेश १ मा यादव अधिकारी, कुन पदमा को ?

दमक, १ असार । निजी विद्यालयमा कार्यरत शिक्षकहरुको छाता संगठन संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले प्रदेश नं. १ प्रदेश कार्यसमिति चयन गरेको छ ।

मुलुकमा भएको संघीयता रुपान्तरण सँगसँगै पेशागत शिक्षकहरुको हकहितमा आवाज उठाउँदै आएको इस्टुले यादव अधिकारीको अध्यक्षतामा सर्वसम्मत रुपमा २१ सदस्यिय कार्यसमिति घोषणा गर्दै प्रदेश अधिवेशन सम्पन्न गरेको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा धनीकलााल मण्डल, महिला उपाध्यक्ष बबिता बान्तवा (राई) उपाध्यक्षमा जे.पी. काप्mले र दुर्गा प्रसाद कोइराला निवार्चित भएका छन् भने सचिवमा दिपक भट्टराई निर्वाचित भएका छन् ।

त्यसैगरी समितिको सह–सचिवमा राजुवराल र सिताराम सुवेदी, कोषाध्यक्षमा शंकर पारजुली तथा सदस्यहरुमा नैन दाहाल, सान नेपाल, चन्दन कुमार साह, दयाराम मैनाली, गायत्री त्रिताल, राज पोद्दार, रंजित यादव, इन्दिरा दाहाल चयन भएका छन् ।

प्रदेश इन्चार्जको जिम्मेवारी केन्द्रिय उपाध्यक्ष रोहिणी रमण दवाडीलाई प्रदान गरिएको वताईएको छ । कार्यक्रममा झापा प्याव्सन सल्लाहकार सदस्य श्रवणकुमार पोख्रेलले इस्टु र प्याब्सन विच नङ र मासुको सम्वन्ध रहेको वताउदै सरकारले ल्याएको सामाजिक सुरक्षा कोषलाई सबै निजि विद्यालयले सहयोग गर्नु पर्ने धारणा राखे । उक्त कार्यक्रममा इस्टु केन्द्रिय उपाध्यक्ष रोहिणी रमण दवाडीले निजि विद्यालयमा देखिएका शिक्षक कर्मचारीको पेसागत समस्याहरुको समाधानका निम्ति इस्टु को जन्म भएको धारणा राखे । दवाडीले हामी समस्यालाई व्युताई रहन्नौ भन्दै समाज रुपान्तरणको मूल्य मान्यताका साथ समस्या समाधान गर्ने संगठन इस्टु रहेको वताए ।

उनले निजि विद्यालयका सञ्चालकले गैरकानुनी प्रवृत्तिबाट सञ्चालन गरेर शिक्षा क्षेत्रमा ठुलो शोषण मात्र होइन मानसिक तथा सामाजिक अपमान गर्न समेत गरेको भन्दै आक्रोस व्यक्त गरे । दमक स्थित दिपिनी आधारभुत विद्यालयको सभाहलमा सम्पन्न भएको कार्यक्रमको जिल्ला समिति अध्यक्ष होमराज खतिवडाको सभापतित्वमा सम्पन्न भएको थियो ।

Facebook Comments