add
स्थानीय खबर

पति र पिताको पूण्यतिथिमा दुई विद्यार्थीलाई छात्रवृत्ति

भद्रपुर, १ असार । आफ्ना पति तथा पिताको पून्य तिथीको अवसरमा दुई जना विद्यार्थीलाइ छात्रवृद्धि वितरण गरिएको छ । साविक भोजपुर कोट गाविस–४ हाल टेम्के मैयुङ् गाउँपालिका–७ स्थित सत्यदेवी प्राथमिक विद्यालय सानिटार कक्षा ५मा अध्ययनरत एक छात्र एक छात्रालाइ स्वर्गीय कृष्णभक्त स्मृति छात्रवृत्ति प्रदान गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक पून्यप्रसाद श्रेष्ठले अन्जना राइ र भीमकुमार मगरलाइ जनही दुइहजारका दरले नगद प्रदान गरेका थिए । उनीहरु कक्षा ५ बाट उत्कृष्ठ अङक ल्याएर अर्को विद्यालयमा कक्षा ६ मा अध्ययनका लागि जानेछन् । विद्यालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरि छात्रवृद्धि वितरण गरेको थियो ।

स्वर्गीय नेपालका सन्ततीले ०७६ वैशाखबाट लागूहुने गरी गत ७५ मागमा छात्रवृद्धि स्थापना गरेका थिए । पिताले स्थापना गरेको विद्यालयलाइ सधै सम्झनका लागि प्रत्येक वर्ष पिताको पून्य तिथीका दिन विद्यालय मार्फत छात्रवृद्धि प्रदान गरिने चुडामणि नेपालले जनाए ।

त्यसैगरी २१ वर्षसम्म वेवारिसे भएको सरस्वती शिलाको मूर्तिलाइ गएको माघमाख स्वर्गीय नेपालका सन्ततीले विद्यालय परिसरमा मन्दीर निर्माण गरी व्यवस्थित गरेका थिए । विद्यालय सञ्चालक समितिका अध्यक्ष भक्त राइको सभापतित्व तथा वडा नम्ब ७ का अध्यक्ष उद्धव राइको प्रमुख आतिथ्यमा मूर्ति अनावरण तथा हस्तान्तरण गरिएको थियो । स्वर्गीय नेपालसहितको परिवार वि.सं. २०५४ सालमा बसाँइ सराँइ गएपछि मुर्ति पूजा अर्चनाबाट बञ्चित भएको थियो ।

Facebook Comments