add
विचार विशेष शीर्ष खबर स्थानीय खबर

वोर्डिङ पढाउने शिक्षक, रिटायर्ड हुँदा एकथान डायरी र टोपी !

सान नेपाल
मेरा एक जना निकै मिल्ने मित्र एउटा निजी विद्यालयका प्र. अ. थिए । एकदिन उनि संग म दमक बजार घुम्न गएको थिँए । बजारमा उनले एउटा जिन्स पेन्ट किन्ने विचार गरे । निकै दलाल गरेर उनले जीन्स पेन्ट किने तर त्यो केही लामो भएको र फिटिङ गर्नु पर्ने भयो । एक जना जानपहिचान राम्रो भएका दर्जी कहाँ उनले जीन्स फिटिङ गराउने राय सुनाए । मलाई केही टाढै छोडेर उनि एक्लै दर्जीको पसलमा गए । लगत्तै उनि फर्किएर मलाई भने, वावै चाहीँ रहेनछन् । उनले मलाई राम्रै चिन्छन् । त्यसैले तिमी गएर यो फिटिङ गराइदिन सक्छौ ? – उनले मेरो अनुहारमा सिधा नहेरिकन भने । मैले उनलाई वेपर्वाह प्रश्न गरें किन र ? तपाँइ आपैmँ जादा हुदैन गुरु ? तर यथार्थ कुरा अर्कै रहेछ । उनि संग पेन्ट फिटिङ गर्ने पैसा रहेनछ । वोर्डिङ स्कूलको शिक्षकलाई पत्याउदैन र दर्जीले उधारो दिदैनन् की भन्ने चिन्ता उनलाई रहेछ ।

सान नेपाल

एकदिन उनले मलाई भनेका थिए– “सान जी! खै के भनौं, वोर्डिङ स्कूल पढाएर हुन सम्मको गल्ति गरे जस्तो लाग्छ न पैसा देख्न पाइन्छ न त इज्जत नै कमाउन सकिन्छ ।”

नेपाली समाज रुपान्तरण हुदै आएको छ । लोकतान्त्रिक पद्धतीको अभ्यासले समाजका हरेक क्षेत्रलाई स्वतन्त्र र मर्यादित वनाउदै लगेको भान हुदै गर्दा निजी शिक्षण संस्थामा दिन रात खटिरहने शिक्षकहरुको सपना भने कर्कलाको पातमा अड्किएको पानी को थोपा जस्तै हो भन्दा फरक नपर्ला ।

समाजमा कुनै काम नपाएका, कतै अवसरको खोजी गर्न नसक्नेहरु नै निजी विद्यालयमा पढाउछन भन्ने तथ्य समाजमा व्याप्त छ । निजी क्षेत्रमा पढाउने शिक्षकहरुको अस्तित्व प्रत्यक्ष रुपमा स्विकार नगरिएता पनि समाजले आप्mना सन्तानको भविस्य भने उनिहरुकै हातमा सुम्पिएको तथ्यलाई कसैले नकार्न सक्दैन । सामुदायिक विद्यालयमा पढाउने शिक्षक चाहे जस्तो सुकै होस, समाजमा उसको मुल्यांकन निकै उच्च हुन्छ । उसले वोलेका कुराहरु सवै भन्दा वौद्धिक र उत्कृष्ट मानिन्छन् तर निजी विद्यालयमा पढाउने शिक्षकले तिखारिएको तर्क दिएको छ भने पनि त्यसलाई सतही र एउटा वेरोजगारको वोली हो की भन्ने मात्र महशुस गरिन्छ । यो रुपान्तरित नेपाली समाज भित्रको तितो यथार्थ हो ।

हुनपनि निजी विद्यालयमा पढाउने शिक्षकलाई कसले पत्याउने ? न जागिर शुरु गरेको थाहा हुन्छ, न त जागिर कहिले सम्म रहन्छ भन्ने नै निस्चित हुन्छ । सानो गल्तीमा ठुलो तनाव दिएर उनलाई काम बाट हटाइन पनि सक्छ । यो शिक्षण संस्थामा लगानी गर्नेको वास्तविक पहिचान हो । यद्दपी सवै लगानीकर्ताहरु यो वर्गिकरणमा पर्छन भन्ने कदापी होइन । उदार हृदय भएकाहरुले यस क्षेत्रमा लगानी गरेर धेरैलाई राम्रो रोजगारी दिएको पनि पाईन्छ ।

निजी क्षेत्रबाट सञ्चालन भएका प्राय सवै जसो विद्यालयमा शिक्षकलाई अत्यन्तै थोरै पैसा दिएको हुन्छ भन्ने कुरा तितो सत्य हो । राम्रो अनुभव हासिल गरेका केही शिक्षक वाहेक सवै जसो निजी क्षेत्रका शिक्षकको भविस्य अन्धकार नै रहन्छ । न उनिहरुलाई भने जस्तो गरी दशैँ नै आउँछ न त कुनै चाडवाड । यदाकादा मेरो मनमस्तिस्कमा एउटा सवाल आउने गर्छ, के निजी क्षेत्रमा पढाउने शिक्षकको अस्तित्व यो राज्यले स्विकार्न मिल्दैन ? के उनीहरु को पहिचान हुदैन ? देश विदेश घुमेर आएको उच्च शिक्षा हासिल गरेको उनकै शिष्यले उनलाई सोध्ने गर्छ, सर अभैm सम्म वोर्डिङ स्कूल नै पढाउदै हुनुहुन्छ ? वरु विदेश जानु भएको भए हुने थियो नी ? आपैंmले क ख बाट शुरु गरेर संसार चिनाएका वालकहरुले एकदिन यस्तो पेचिलो प्रश्न गर्लान भन्ने सायदै सोचे होला ।
४० वर्ष सेवा गरेता पनि उसले विदाईको दिन पाउने भनेको एउटा टोपी र डायरी मात्र हो । यस वाहेक उसले न त कुनै विद्यार्थीको मन जित्न सक्छ न त मालिक को नै ।

राज्यले उत्साहित वनाएका शिक्षक
युगौँ देखी राज्यको आँखा नपरेको निजी क्षेत्रका शिक्षकहरुलाई वर्तमान सरकारले भने निकै उत्साहित वनाएको छ । विगत लामो समय देखी चर्चामा रहेको योगदानमा आधारित सामाजिका सुरक्षा कार्यक्रमले उनिहरुलाई निकै उत्साहित र समाजमा प्रतिष्ठित नागरिक भएर बाँच्न पाइएलाकी भन्ने आभास दिलाएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम निजी शिक्षण संस्थामा कार्यरत श्रमिक शिक्षकलाई मात्र प्रदान गरिने अधिकार नभएर निजी क्षेत्रमा रोजगारी गर्ने सवै नेपाली श्रमिकहरुको हितमा आएको कार्यक्रम हो । सामाजिक सुरक्षा कार्यक्रममा निजी क्षेत्रमा रहेर श्रम वगाउनेहरुको लागी आएको अत्यन्तै उपयोगी र ऐतिहासिक भएता पनि यसलाई लागु गर्न भने फलामकै चिउरा हुने हो की भन्ने भ्रम उतिनै पैmलिएको छ ।

कानुन नियम र विधीको शासन बाट टाढा वस्न चाहने हरेक व्यवसायी वा संस्थाहरुले लागु गर्न दिन्छन् दिदैनन् त्यो भोलीको कुरा हो तर सरकारले लागु गरेको यो कार्यक्रमलाई लागु गर्न नचाहनेहरुका लागी भने उन्मुक्ती पाउन त्यती सजिलो छैन । निजी क्षेत्रका शिक्षण संस्थाको हकमा यही श्रावण मसान्त बाटै लागु हुन्छ की भन्ने सम्भावना देखिन थालेको छ ।

निजी विद्यालयका शिक्षकहरुको पेसागत हक हित को लागी आवाज उठाउने उद्देश्यले स्थापित संस्था इस्टु र प्याव्शन विच मौखिक रुपमा केही सहमतीहरु भएको पाईन्छ । यो कार्यक्रमको लागी सम्वन्धित शिक्षकले खाइपाइ आएको तलव सुविधाको १० प्रतिसत कट्टा गरिने र त्यसमा रोजगारदाताले १० प्रतिशत थपेर निजको नाममा सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिनु पर्ने हुन्छ ।

१५ वर्ष सेवा अवधी पुरा गरेको अवस्थामा सेवा अवकास भए पस्चात पेन्सनको रुपमा प्राप्त गर्ने अधिकार नै विषेश गरी योगदानमा आधारित सामाजिका सुरक्षा कार्यक्रमको मुख्य उद्देश्य हो । यदी १५ वर्ष अवधी पुरा नभई जागिर छाडेमा पनि उपदान वापतको रकम पाउने सक्ने भएकोले पनि निजी क्षेत्रमा कार्यरत आम श्रमिकहरुलाई भविष्य प्रति आशावादी वनाईदिएको अवस्था छ । निजी क्षेत्रका शिक्षकहरुको संगठन इस्टु ले उठाएको मागलाई प्याव्शन वा एनप्याव्शने गम्भिरता पुर्वक लिने हो र टकरावको स्थिती सृजना हुन नदिने गरी मिलेर अघी बढ्ने हो भने निजी विद्यालयको भविस्य सुनौलो हुने कुरामा दुईमत छैन ।

Facebook Comments