add
समाज

मोरङमा सवारी दुर्घटनाबाट साइकलयात्रीको मृत्यु

मोरङ, २३ असार । मोरङ बुढीगंगा गाँउपालिका–४ स्थित कोशी राजमार्ग सडकखण्डमा मोटरसाईकलको ठक्करबाट साईकल यात्री भोजपुर नगरपालिका ३ घर भई बुढिगंगा ४ मा डेरा गरी बस्ने ३४ बर्षिय लोक बहादुर खड्कीको मृत्यु भएको छ ।

आज बिहान १० बजे उतरबाट दक्षिण तर्फ जादै गरेको को २८ प १९०७ नम्बरको मोटरसाईकलले खडकी लाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए ।

घाईते खड्कीको बिराट मेडिकल कलेज बिराटनगरमा उपचारको क्रममा ११५५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक सुनसरी सोनापुर बस्ने बिष्णु चौधरी ईलाका प्रहरी कार्यालय निमुवाको नियन्त्रणमा रहेका छन ।

Facebook Comments