add
विचार विशेष स्थानीय खबर

भान्सा कोठामा लसुनको पत्ता फलाउने तरिका

सान नेपाल

१. करिब १५ वटा जति सानो साइज भएको पानीका बोतल भेला गर्नुहोस् ।
२. त्यतिनै मात्रामा बजार बाट राम्रो उमार शक्ति हुने खालको ठूलो ठूलो साइजको लसुनको सिंगो पोटी ल्याउनुहोस ।
४. कपडा आइरन बक्स लाई हिट हुने गरि तताउनुहोस ।
५. बोतलको घाँटी भन्दा माथीको भाग काट्नुहोस ।
६. काटिएको भागको धार मेटाउन र साइज मिलाउनको लागि आइरन बक्समा रगेड्नुहोस ।
५. बोतलमा पुरै नभरिने गरि पानी भर्नुहोस ।
६. सिंगो लसुनको पोटी बोतल माथी राख्नुहोस ।
७. भान्सा कोठाको एक पट्टि बोतलहरु सजाएर राख्नुहोस । हावा सरर चल्ने ठाउँ भए उपयुुक्त हुन्छ ।
८. ५/६ दिनमा लोभ लाग्दो टुसा र जरा पलाउन सुरु हुन्छ ।
९. कुनै कुनै पोटीले लामो जरा नहाल्न सक्छ । यदी जरा लामो भएन भनें यसो गर्न सकिन्छ—

१. राम्रो प्रांगारिक मल भएको माटो लिने ।
२. प्रयोगमा नआएको बाउल वा प्लास्टिकका खबटामा उक्त माटो भर्ने ।
३. उम्रीएका तर जरा छोटो भएका लसुनका केस्राहरु छुट्याउने ।
४. जरा सिदा पारेर रोपी दिने ।
५. आवस्यकता अनुसार दैनिक पानी हालीदिने ।

यसरी तैयार भएको लसुन पत्ता आवश्यकता अनुसार काट्दै भान्सामा प्रयोग गर्ने । काटिएको भागमा पुन पत्ता पलाउने भएको ले यो पद्धति अत्यन्तै उपयोगी र स्वस्थ्यवर्दक हुन्छ । लसुनको सेवनले हाम्रो सरिरमा एन्टिबायोटिकको काम गर्ने हुनाले आजै बाट भान्सामा लसुन उमारौ र अर्गानिक विधि आफू पनि सिकौं अरुलाइ पनि सिकाऔं । मेरो स्तम्भ पढिदिनु भएकोमा तपाईंलाई धेरै धन्यवाद ।

Facebook Comments