add
अर्थ विशेष स्थानीय खबर

बिर्तामोड नगरपालिकाको बजेट १ अर्ब १२ करोड ३२ लाख

बिर्तामोड, २५ असार । बिर्तामोड नगरपालिकाको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको तेस्रो नगरसभाले १ अर्ब १२ करोड ३२ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।

नगरसभामा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईंले मंगलबार आर्थिक वर्ष २०६७/०७७ को बजेट, नीति तथा कार्यक्रम पेश गरेकी थिइन् ।

नीति तथा कार्यक्रमा नगरभित्रका अति विपन्न एक हजार परिवार छनोट गरी प्रति परिवार नगरपालिकाले २ हजार रुपैयाँ र सम्बन्धित परिवारको तर्फबाट १ हजार ५०० रुपैयाँको साझेदारीका स्वास्थ्य बीमा गराउने कार्य थाल्ने योजना छ ।

बिर्तामोड नगरपालिकाले स्थानीय संचार क्षेत्रको विकास र प्रवद्र्धन गर्न यो वर्षदेखि कार्यक्रम अघि सारेको छ । जस अन्तर्गत नगरले पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइनलाई वार्षिक रुपमा लोककल्याणकारी सूचनामा अनुदान दिने व्यवस्था गरेको छ ।

नगरमा सूचिकृत र दर्ता भइ सञ्चालनमा आएका सञ्चार माध्यमले त्यो सुविधा प्राप्त गर्ने छन् । नगरले स्थानीय एक सञ्चार माध्यम र एक सञ्चारकर्मीलाई पुरस्कृत गर्न सुरु गरेको छ ।

आगामी नीति तथा कार्यक्रममा पनि त्यसलाई निरन्तरता दिइने भएको छ । साथै नगरपालिकाले पत्रकारको बृत्ति विकास, तालिम प्रदान गर्न पत्रकारका संघ संगठनको भौतिक तथा पूर्वाधार विकासमा जोड दिने जनाएको छ ।

Facebook Comments