add
स्थानीय खबर

हल्दिबारी–२ ले दियो एम्बुलेन्स खर्च

हल्दीबारी, २५ असार । हल्दीबारी गाउँपालिका–२ नम्बर वडा कार्यालयले मंगलबार स्व. रामबहादुर राजवंशीकी श्रीमतीलाई २७ हजार रुपैयाँ बराबरको एम्बुलेन्स खर्च प्रदान गरेको छ ।

वडाको पहलमा गरिएको चिया मजदुरको बीमा कार्यक्रममार्फत उनको उपचार र एम्बुलेन्स खर्चबापत जुटेको रकम हस्तान्तरण गरिएको वडाध्यक्ष राजेन्द्रप्रसाद योङ्हाङले जानकारी दिए ।
स्व। राजवंशी चिया मजदुरका रुपमा कार्यरत थिए । केही महिना अघि अस्वस्थ्य भई उनलाई मेची अञ्चल अस्पताल भद्रपुर उपचारका लागि लगिएको थियो ।

उनको त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौँ रेफर गरिएको र उपचारकै क्रममा मृत्यु भएको थियो । ‘हामी स्वास्थ्य रहौ, सबैलाई स्वास्थ्य बनाऔं’ भन्ने कार्यक्रम मार्फत स्वास्थ्य बीमा सञ्चालन गरी पहिलो चरणमा चिया मजदुरका १९७ घरपरिवार र दोस्रो चरणमा ४५ घरपरिवारलाई एम्बुलेन्स सेवा प्रदान गरिएको थियो ।

सोही कार्यक्रम अन्तर्गत अपाङ्ग परिवारका १७, बिद्यालयका बाल शिक्षक १२, बिद्यालयका कार्यालय सहयोगी ५ ,सहिद तथा बेपत्ता २, राजनीतिक जेल बन्दी ४, जनमुक्ती सेनाका ५ घरपरिवारको पारिवारिक बीमा गरिएको वडासदस्य खगेन राजवंशीले बताए ।

Facebook Comments