add
राजनीति

बिषादी परीक्षण फिर्ता प्रकरणः मन्त्री यादवले मागे माफी

काठमाडौं, २५ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विषादी परीक्षण प्रकरणमा माफी मागेका छन् ।

सरकारले गत २ असारमा राजपत्रमा सूचना प्रकाशित गरी भारतसहित तेस्रो मुलुकबाट आयात हुने ताजा तरकारी र फलफूलको भन्सार बिन्दुमै क्वारेन्टाइन र जीवनाशक विषादी परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने सरकारी निर्णयलाई फिर्ता लिएका भन्दै चौतर्फी आलोचना भएपछि सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले माफी मागेका हुन् ।

उनले कार्यक्रममा बोल्दै पूर्वाधार तयार नभएर विषादी परीक्षण सुरु गर्ने कार्य गल्ती भएका बताए । भन्सार बिन्दुमा विषादी परीक्षण प्रयोगशाला छैन भन्ने कुरा आफूलाई जनकारी नभएको बताए ।

Facebook Comments