add
समाज

छोरी बलात्कार गरेर भिडियो बनाउने बाबु पक्राउ

नेपालगञ्ज, २६ असार । कञ्चनपुरमा आफ्नै बाबुबाट एक १४ वर्षीया छोरी बलात्कृत भएको घटना सार्वजनिक भएको छ ।

जिल्लाको पुनर्वास नगरपालिकाका ३९ वर्षीय बाबुले आफ्नै जेठी छोरीलाई बलात्कार गरेका भिडियो कान्छी छोरीले देखेपछि घटना सार्वजनिक भएको हो ।

मंगलबार राति बाबुले जेठी छोरीलाई बलात्कार गर्दा बनाएको भिडियो कान्छी छोरीले मोबाइलमा देखेपछि आफूलाई बताएको आमाको भनाइ छ । उनले घटनाबारे छरछिमेकमा हल्ला चलेपछि छिमेकीले नै प्रहरीलाई खबर गरेको बताएकी छन् ।

घरमै छोरीको बलात्कार गरेको भन्ने जानकारी आएको पुनर्वास नगरपालिका–१ का वडा सदस्य पृथमसिंह रानाले बताएका छन् । उनले पशुवत व्यवहार गर्नेमाथि कडा भन्दा कडा कार्वाही हुनुपर्ने बताएका छन् ।

छोरीलाई बलात्कार गरेको आरोप लागेका बाबुलाई प्रहरीले बुधबार राति नै पक्राउ गरेको छ ।

Facebook Comments