add
समाज

ताप्लेजुङमा भिरबाट लडेर एक जनाको मृत्यु

ताप्लेजुङ, २९ असार । ताप्लेजुङको फुङलिङ नगरपालिका–१० फुरुम्बु मयुममा भिरबाट लडेर १ जनाको मृत्यु भएको छ ।

ताप्लेजुङ फक्तालुङ गाउँपालिका–४ इखाबु घर भई जिल्ला ताप्लेजुङ फुङलिङ नगरपालिका–१० फुरुम्बु श्रीमतिसँगै बस्दै आएका बर्ष ६३ का कर्णबहादुर ल्याबुङ गाँउतिर जान्छु भनि २४ गते हिँडे पश्चात बेपत्ता भएपछि आफन्तले खोजि कार्य शुरु गरेका थिए ।

सोही क्रममा घरबाट १५ मिनेट दक्षिण नामबारा भिरबाट लडेर बाटो देखि १०० मिटर भिरमा झरी मृत अबस्थामा फेला पारे पश्चात आफन्तले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरीको टोली खटि कानूनी प्रकृया पुरा गरी शव लाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाएको उक्त कार्यालयले जनाएको छ ।

Facebook Comments