add
समाज

उदयपुरमा बाढीले बगाएर एकको मृत्यु

File photo

उदयपुर, २९ असार । उदयपुरको त्रियुगा खोलामा आएको बाढिले बगाएर एक जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो साढे ३ बजेको समयमा बेलका नगरपालिका–१ बस्ने तारा श्रेष्ठको खेतमा पुरुष ब्यक्तिको बेवारिसे शव बाढिले बगाएर ल्याएको थियो । घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी भागलपुर र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरीको टोली खटीगई कानूनी प्रकृया गरीरहेको छ ।

साथै मृतकको सनाखत गरी आफन्तहरुको खोजतलाश गर्ने कार्य समेत भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Facebook Comments