add
राजनीति

पार्टी बलियो बनाउन महाधिवेशन चाँडो हुनुपर्छः नेता सिंह

काठमाडौँ, २९ असार । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सङ्गठनलाई मजबुत बनाउन पार्टीको १४ औँ महाधिवेशन चाँडो हुुनुपर्ने बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका–२६ वडाले आज यहाँ आयोजना गरेको ‘पार्टी प्रवेश’ कार्यक्रममा बोल्दै उहाँले संविधानको नेतृत्व गर्ने काङ्ग्रेसले संविधानअनुसार पार्टी संरचना लैजानका लागि चाँडो महाधिवेशन गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

“लामो समयसम्म सङ्घीयताअनुसार पार्टी संरचना जान नसक्नु दुःखद कुरा हो”, नेता सिंहले भन्नुभयो, “वर्तमान सरकारले केन्द्रमा धेरै अधिकार राखेर प्रदेश र स्थानीय तहमा कम अधिकार दिँदा अहिले गएको बाढी, पहिरोको राहत तथा उद्धार कार्यक्रम प्रभावकारी हुन सकेको छैन् ।”

नेता सिंहले सरकारले ल्याएको गुठी विधेयक, मानव अधिकार विधेयक, मिडिया काउन्सिल विधेयकलगायतका विधेयकमा सरोकारवाला निकाय र मन्त्रालय÷मन्त्रालयबीच समन्वय हुन नसक्दा सरकार नेतृत्व विहीन जस्तो बन्न पुगेको आरोप लगाउनुभयो ।

उहाँले पार्टीमा प्रवेश गर्नेलाई पार्टीको विधि, विधान र नियमावलीअनुसार अगाडि बढ्न सुझावसमेत दिनुभयो ।

Facebook Comments