add
समाज

बाढीमा बगेको कुकुरलाई बचाउन जाँदा मनकुमारको मृत्यु

उदयपुर, २९ असार । उदयपुर चौदण्डिगढी नगरपालिका–४ बस्ने ३५ बर्षीय मनकुमार तामाङको खोलाले बगाई मृत्यु भएको छ ।

हिजो बिहान साढे १० बजे सोही स्थानमा रहेको लामाखोला र कालिखोलाको दोभानमा आफुले पालेको कुकुरलाई खोलाले बगाउन लाग्दा कुकुरलाई बचाउन जाँदा आफै बगेर बेपत्ता भएका तामाङको खोजतलासका क्रममा आज बिहान साढे १० बजेको समयमा १ किलोमिटरको दुरीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Facebook Comments