add
मनोरञ्जन समाज

गायक बद्री पंगेनी ‘ज्यान मार्ने धम्की’ दिएकै हुन् त ?

काठमाडौं, १ साउन । नेपाली चर्चित गायक लोकगायक बद्री पंगेनीवि बेला–बेलामा विवादमा आइरहने व्यक्तिमा पर्छन् । पछिल्लो समय भने उनलाई निकै ठुलो र गम्भीर आरोप लागेको छ । उनलाई अहिले ज्यान मार्ने धम्कि दिएको आरोप लागेको छ ।

काम गरेको पारिश्रमिक माग्दा आफूलाई गायक पंगेनीसहित तीनजनाले ज्यान मार्ने धम्की दिएको भन्दै काठमाडौं सितापाइला निवासी निमा दोर्ची शेर्पाले उजुरी दर्ता गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौमा लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष समेत रहेका पंगेनीसहित उनका साथीहरु विजय सिंह, सुवास अधिकारीविरुद्ध ज्यान मार्ने धम्कीको उजुरी परेको हो ।

काठमाडौँ प्लाजामा सञ्चालन गरेको निरमाया दोहोरी साँझमा काम गरेको रकम माग्न जाँदा ज्यान मार्ने धक्की दिएको भन्दै शेर्पाले उजुरी दिएका छन् ।

शेर्पाले सञ्चालन गरेको श्रृष्टी फर्निचरबाट झण्डैँ ५५ लाख रुपैयाँ बढीको लागत दोहरी साँझमा नयाँ डेकोरेसन गरेको र काम सम्पन्न गरेको ३ महिनापछि पैसा माग्न जाँदा धम्की दिएको पीडित पक्षको भनाइ छ ।

Facebook Comments