झापा, ३ असार । प्रदेश नं. १ अन्तरगत भिन्न–भिन्न घटनामा खोटाङ, सुनसरी र सोलुखुम्बुमा एक÷एक जनाको मृत्यु
खोटाङको हलेसि तुवाचुङ नगरपालिका–७ का ४० बर्षीय गणेश बि।क।को भिरबाट लडेर मृत्यु भएको छ । बिहिवार अपरान्ह ५ बजे घरबाट दुध बेच्न भनी हलेसी बजार तर्फ हिडेका बि।क। दुध बेचेर फर्कने क्रममा बाटोमा रहेको तारेभिरबाट अचानक लडी करिव २०० मिटर तल खस्दा घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल खोटाङ पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
त्यस्तै, सोलुखुम्बुको दुधकुण्ड नगरपालिका(११ मा रहेको लोयर सोलु हाईड्रो पावर कम्पनीका कामदार भारत आछामका ३२ बर्षीय जय देव ईन्टि मृत फेला परेका छन् ।
असार २१ गते देखि हराई बेपत्ता भएका ईन्टिको खोजतलास गर्ने क्रममा बिहिवाट दिउँसो २ बजे दाल्दु खोलाको किनारामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । मृततको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल फाप्लु पठाईएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
यस्तै, सुनसरीको इटहरी उप(महानगरपालिका(१२ मा रहेको बि।एस।मेटल फ्याक्ट्रीका कामदार ३० बर्षीय यादव श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ ।
बिहिवार दिउँसो साँढे ३ बजेको समयमा फ्याक्ट्रीमा रहेको लाईनको मेन स्विच चलाउने क्रममा करेन्ट लागी बेहोस भएका श्रेष्ठलाई उपचारको लागी बि।पी।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान लगेकोमा उपचारको क्रममा दिउँसो ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।