add
मनोरञ्जन

राम बन्दै ऋतिक, सीता बन्लिन् दीपिका ?

शुक्रबारबाट दोस्रो हप्तामा प्रदर्शनरत फिल्म ‘सुपर ३०’ को सफलतापछि बलिउड सुपरस्टार ऋतिक रोशन फिल्म ‘रामायण’ मा रामको भूमिकामा देखिने भएका छन् । यो फिल्मका लागि सीताको भूमिकामा अभिनेत्री दीपिका पादुकोणलाई अप्रोच गरिएको छ । तर, उनले निर्माण टीमलाई फिल्म गर्ने वा नगर्ने भन्ने जानकारी दिएकी छैनन् ।

ऋतिक भने केही दिन अगाडि थ्रीडीमा निर्माण हुने फिल्म ुरामायणु मा अनुबन्ध भएको जानकारी प्राप्त छ । तर, निर्माण टीमले भने यसको खुलासा गरेको छैन । दीपिका पनि फिल्म गर्न राजी भएको खण्डमा पहिलो पटक ऋतिक र दीपिका सिल्भर स्क्रिनमा देखिनेछन् । हालै दीपिकाले फिल्म ‘छपाक’को छायांकन सकेकी छन् ।

नितेश तिवारी र रवि उदयावारको फिल्म ुरामायणु हिन्दीसँगै तमिल र तेलुगू भाषामा पनि रिलिज गरिनेछ । फिल्मलाई अल्लू अरविन्द, नमित मल्होत्रा र मधु मिलकरले मिलेर निर्माण गर्दैछन् । सम्भवतः यस वर्षको अन्त्यबाट फिल्मको छायांकन सुरु हुनेछ । अहिले निर्माण टीम अभिनेत्री दीपिकाको निर्णयको पखाईमा छ ।

अभिनेता ऋतिकको बिहारका म्याथमेटिशियन आनन्द कुमारको जीवनमा बनेको फिल्म ुसुपर ३०ु ले बक्सअफिसमा एक सय तीस करोडभन्दा बढीको व्यापार गरिसकेको छ । यो फिल्मपछि उनको एक्सन फिल्म ुवारु २ अक्टोबरमा रिलिज हुँदैछ । फिल्ममा उनीसँगै टाइगर श्राफ पनि छन् । टीजरबाटै फिल्मलाई ‘स्योर सट’ हिट मानिएको छ ।

Facebook Comments