add
मनोरञ्जन स्थानीय खबर

उषाको तीज गीत बजारमा

बिर्तामोड, २० साउन । तीज नजिकिँदै गर्दा गायिकाहरुले तीज विशेष गीतहरु बजारमा ल्याउने क्रम बढेको छ । यसैक्रममा उषा केसी पोखरेलले हालसालै माइती नामक बाबाजीले दिनुभयो खान्दानी घर भनेर बोलको गीत बजारमा ल्याएकी छिन् ।

गायिका उषा केसी पोखरेलको स्वर रहेको गीतमा मोडल सुश्मा अधिकारीले अभिनय गरेकी छिन् । लय तथा शव्द गायिका पोखरेलको रहेको गीतलाई विन्ध्वासिनी म्युजिक प्रालिले बजारमा ल्याएको हो ।

चितवन माइती घर भएकी गायिका पोखरेलको घर नवलपराशी भएको बताउछिन् । सानै उमेरदेखि गीतसंगीतमा रुची राख्ने पोखरेल हाल वैदेशिक रोजगारीमा छिन् । उनले यो गीत पहिलो कोशेली भएको बताउँदै समयले साथ दिए अर्को तीजमा नयाँ गीत लिएर आउने सामाजिक सञ्जाल मार्फत जानकारी दिइन् । उनले त्रिशुलीको तिरै तिर, माया आउँदै छु जस्ता गीतहरु चाँडै लिएर आउने बताइन् । उनले नेपाली मौलिकता झल्काउने खालको गीत बजारमा ल्याएकी छिन् ।

Facebook Comments