add
स्थानीय खबर

हल्दिबारीबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

झापा, २६ साउन । झापाको हल्दिवारी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक बनबाट अबैध भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् ।

शुक्रबार राति साढे ८ बजेको समयमा सोही स्थान बस्ने बर्ष ६० को ताराहाङ राईलाई प्रहरी चौकी जलथलबाट गस्तीमा खटिएको प्रहरीको टोलीले १ थान भरुवा बस्दुकसहित नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका उनलाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा ल्याईएको उक्त कार्यालयले जनाएको छ ।

Facebook Comments