add
अर्थ विशेष स्थानीय खबर

झापा वैदेशिक रोजगारीमा युवा पैठारी गर्ने तेस्रो जिल्ला

झापा, २७ साउन । गत आर्थिक वर्ष २०७५÷०७६ मा झापाबाट करिब ११ हजार युवा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका छन् ।

दुबई, साउदी, मलेसिया, बहराइन लगायतका मुलुकमा १० हजार ९ सय २८ युवा रोजगारीका लागि त्यहाँ पुगेका हुन् । रोजगारको खोजीमा विदेशिने जिल्लाहरुमध्ये झापामा तेस्रो स्थानमा परेको छ ।

अघिल्लो‌ वर्ष चौ‌ंथो‌ स्थानमा र‌हे‌को‌ झापाबाट १५ हजार‌ ५११ जना वै‌दे‌शिक र‌ो‌जगार‌ीमा गएका थिए ।

गत आर्थिक वर्षमा ने‌पालको‌ धनुषा जिल्लाबाट सबै‌भन्दा धे‌र‌ै‌ व्यक्ति कामका लागि विदे‌श गएका छन् । एक वर्षमा यस जिल्लाका १३ हजार‌ ७ सय २३ जना नयाँ श्रम स्वीकृति लिएर‌ वै‌दे‌शिक र‌ो‌जगार‌ीमा गएका हुन् । अघिल्लो‌ वर्षमा पनि धनुषा एक नम्बर‌मै‌ थियो‌ ।

Facebook Comments