add
विशेष समाज

इलामको चिया फ्याक्ट्रीमा आगलागी

इलाम, २८ साउन । इलाम सूर्योदय नगरपालिका–१० आरुबोटे स्थितमा रहेको कृष्ण गोपाल चिया फ्याक्ट्रीमा आगलागी हुँदा ५ लाख बराबरको क्षति भएको छ ।

आज बिहान साढे ६ बजे बिधुत सट भई फ्याक्ट्रीमा आगलागी हुदा २ थान पानी तान्ने मोटर, २ थान फेन र ३ सय केजी चिया जलि नष्ट हुदा उक्त रकम बराबरको क्षति भएको हो ।

आगो प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा पउने ७ बजे नियन्त्रणमा लिईएको थियो ।

Facebook Comments