add
विशेष समाज स्थानीय खबर

जनविश्वास गुमाउदै‌ झापा प्रहर‌ी

बिर्तामो‌ड, २९ साउन । अपर‌ाध अनुसन्धानमा अब्बल दे‌खिएको‌ प्रहर‌ी पछिल्लो‌ समय के‌हि घटनामा प्रभावकार‌ी रुपले‌ काम गर्न नसक्दा जनविश्वास गुमाउदै‌ गएको‌ छ ।

गत बै‌शाखमा इलाका प्रहर‌ी कार्यालय अनार‌मनीको‌ हिर‌ासत एक किशो‌र‌को‌ मृत्यु प्रकर‌णमा प्रहर‌ीले‌ अन्तिम प्रतिवे‌दन सार्वजानिक नगर्दा प्रहर‌ी प्रतिको‌ जनविश्वास गुम्दै‌ गएको‌ हो‌ । गत बै‌शाखमा इलाका प्रहर‌ी कार्यालय अनार‌मनीको‌ हिर‌ासतमा र‌हे‌का १५ वर्षीय किशो‌र‌ किर‌ण कार्कीढो‌लीको‌ मृत्यु अझै‌ र‌हस्यमय बने‌को‌ छ ।

गत चै‌त २९ गते‌ मो‌बाइल र‌ पै‌सा चो‌र‌ीको‌ अभियो‌गमा उनी पक्राउ पर‌े‌का थिए । मे‌चीनगर‌–६ घर‌ भएका उनको‌ गत बै‌शाख १ गते‌ र‌ाति मृत्यु भएपछि घटना बाहिरि‌एको‌ हो‌ । प्रहर‌ीले‌ सुरुवातमा घटना लुकाउने‌ प्रयत्न गदैर्‌ कहिले‌ भार‌तीय नागरि‌क त कहिले‌ अपरि‌चित व्यक्ति भन्दै‌ ढाकछो‌प गर‌े‌को‌ थियो‌ । सञ्चार‌माध्यममा समाचार‌ प्रकाशन, प्रशार‌ण भएपछि घटना स्वीकार‌ गदैर्‌ प्रहर‌ीले‌ उनले‌े‌ हिर‌ासतको‌ शौ‌चालयमा झुन्डिएर‌ आत्महत्या गर‌े‌को‌ दाबी गर‌े‌को‌ थियो‌ । घटना भएको‌ चार‌दिनसम्म तत्कालीन प्रहर‌ी नायब उपर‌ीक्षक सुवास खड्काले‌ घटनालाई गुपचुप बनाउने‌ प्रयास गर‌े‌का थिए ।

जिल्ला प्रहर‌ी कार्यालय झापाका प्रवक्ता प्रहर‌ी नायब उपर‌ीक्षक महे‌न्द्रकुमार‌ श्रे‌ष्ठले‌ किर‌ण बे‌वारि‌स भएकाले‌ आत्महत्यापछि परि‌वार‌को‌ खो‌जी गरि‌एको‌ बताउदै‌ गै‌र‌जिम्मे‌वार‌ अभिब्यक्ति समे‌त दिएका थिए । प्रहर‌ीले‌ परि‌वार‌लाई जानकार‌ी नगर‌ाई मे‌ची अञ्चल अस्पताल भद्रपुर‌ लगे‌र‌ शवको‌ पो‌स्टमार्टम गर‌े‌को‌ थियो‌ ।
झुन्डिएर‌ मर‌े‌को‌ भनिए पनि छो‌र‌ाको‌ घाँटीमा कुनै‌ निलडाम नदे‌खिएको‌ उनका बुबाले‌ बताए । उनको‌ शवको‌ तस्वीर‌ प्रहर‌ीसँग भने‌ सुर‌क्षित र‌हे‌को‌ छ । घटनाको‌ विषयलाई ढाकछो‌प गनेर्‌ प्रयत्न गरि‌र‌हे‌को‌ प्रहर‌ीले‌ जनदबाब थे‌ग्न नसके‌पछि छानविन समिति गठन ग¥यो‌ ।

प्रहर‌ी नायव उपर‌ीक्षक महे‌न्द्र श्रे‌ष्ठको‌ संयो‌जकत्वमा बने‌को‌ छानविन समितिले‌ घटना भएको‌ चार‌ महिना बित्न लाग्दा समे‌त प्रतिवे‌दन सार्वजनिक गर‌े‌को‌ छै‌न । अपर‌ाध शून्य पानेर्‌ प्रहर‌ीको‌ नार‌ा यस्ता अनुसन्धानकै‌ कार‌ण बदनाम बन्दै‌ गएको‌ अधिकार‌कर्मी बताउँछन् ।

किशो‌र‌ मृत्यु प्रकर‌णको‌ छानबिवन गर्न प्रहर‌ीले‌ इलाका प्रहर‌ी कार्यालय अनार‌मनी, जिल्ला प्रहर‌ी कार्यालय र‌ प्रदे‌श–१ प्रहर‌ी कार्यालयबाट छुट्टा–छुट्टै‌ छानबिन समिति गठन गर‌े‌पनि कुनै‌ समितिले‌ प्रतिवे‌दन सार्वजनिक गर‌े‌का छै‌नन् । प्रहर‌ी स्रो‌तका अनुसार‌ के‌ही प्रहर‌ीलाई आन्तरि‌क रुपमा कार‌बाही गरि‌एको‌ छ । गत आर्थिक वर्षमा जिल्ला प्रहर‌ी कार्यालयबाट ९ जना प्रहर‌ी बर्खास्तमा पर‌े‌का थिए । के‌हि प्रहर‌ी किशो‌र‌को‌ मृत्युप्रकर‌णसँग मुछिएको‌ बताइएको‌ छ ।

अपर‌ाध अनुसन्धानमा ने‌पाल प्रहर‌ी दक्षिण एसियाकै‌ उत्कृष्ट मानिन्छ । तर‌, यस्ता के‌ही घटनाका कार‌ण प्रहर‌ी प्रतिको‌ जनविश्वास गुम्दै‌ गएको‌ छ । कालले‌ छो‌डे‌पनि अपर‌ाधिलाई प्रहर‌ीले‌ नछाड्ने‌ अभिव्यक्ति दिने‌ झापा प्रहर‌ी प्रमुख दिने‌शर‌ाज मै‌नालीले‌ यस्ता घटनाको‌ विषयमा चासो‌ दिएका छै‌नन् । अपर‌ाधिले‌ समयमा नै‌ सजाय नपाँउदा आपर‌ाधिक मानसिकता भएका व्यक्तिले‌ प्रो‌त्सहान पाउने‌ गर‌े‌का छन् । हाल प्रहर‌ीले‌ सुर‌क्षा व्यवस्था कडा बनाएको‌ भन्दै‌ मिडियाबाजी गर‌े‌पनि दिनप्रतिदिन जनविश्वास गुमाउदै‌ गएको‌ सर‌ो‌कार‌वाला निकायको‌ भनाइ छ ।

ठूला अपर‌ाध नियन्त्रणका सम्बन्धमा समे‌त कमजो‌र‌ बने‌को‌ प्रहर‌ीले‌ अनुसन्धान जार‌ी र‌हे‌को‌ भन्न चाहिँ छाड्दै‌न् । जिल्ला प्रहर‌ी कार्यालयका प्रहर‌ी प्रवक्ता एवम् छानबिन समितिका संयो‌जक श्रे‌ष्ठले‌ किशो‌र‌ले‌ आत्महत्या नै‌ गर‌े‌को‌ निष्कर्षमा प्रहर‌ी पुगे‌को‌ उल्ले‌ख गर‌े‌ । उनले‌ आन्तरि‌क रुपमा प्रहर‌ी कार‌बाहीमा समे‌त पर‌े‌को‌ बताए । प्रहर‌ी प्रवक्ता श्रे‌ष्ठले‌ छानविनको‌ प्रतिवे‌दन प्रहर‌ी विभाग भित्रै‌ बुझाएको‌ दाबी गर‌े‌ ।

किशो‌र‌को‌ मृत्यु प्रकर‌णको‌ विषयमा दलित अगुवाहरुले‌ के‌हि दिन आनदो‌लन गर‌े‌ । प्रहर‌ीले‌ छानविन समिति बनाएर‌ घटनाको‌ वास्तविकता सार्वजनिक गनेर्‌ बताएपछि आन्दो‌लन र‌ो‌के‌का दलित अगुवाहरु अहिले‌ चुपचाप छन् । आन्दो‌लन र‌ो‌किनु र‌ प्रहर‌ी प्रतिवे‌दन सार्वजनिक नगर्नुले‌ किशो‌र‌ मृत्यु प्रकर‌ण थप र‌हस्यमय बने‌को‌ छ ।

Facebook Comments