add
विशेष शिक्षा स्थानीय खबर

अब निजी विद्यालयमा दशैँ खर्च अनिवार्य

सान नेपाल
झापा, ३० साउन ।
निजी विद्यालयमा पढाउने शिक्षकहरुलार्इ समेत दशै चाड बापत प्राप्त हुने दशैं खर्चको अनिवार्य व्यवस्था गरिनु पर्ने कुरामा सरोकारवाला जोड दिएकाछन् ।

श्रम ऐनमा व्यवस्था भए बमोजिम दशैं बोनस दिइनुपर्नेमा उनीहरुले जोड दिएका हुन् । शिक्षकहरुले खाइपाइ आएको १ महिना तलब बराबरको तलब दशैं खर्चको रूपमा दिनुपर्नेमा उनिहरुले जोड दिएका छन् । निजी क्षेत्रका बिधालयमा अध्यापनरत शिक्षकहरुको छाता संगठन इस्टुका झापा जिल्ला अध्यक्ष होमराज खतिवडा प्याब्सन र एनप्याब्सन संग यसबारेमा सहमति भइसकेको बताउँछन् ।

हामीले गम्भीरता साथ प्याब्सन र एनप्याब्सन संग कुरा राख्यौं, वहाँहरु सहमत देखिनु भएको छ तर पनि संस्थागत बिधालय सञ्चालकहरु उदासीन देखिनु चिन्ताको बिषय हो ( खतिवडाले भने । इस्टु गौरादह नगर अध्यक्ष सन्जिव कार्की दशैं बापत प्राप्त हुने बोनस नदिने बिधालयहरुको संख्या उच्च रहेकोे र केही बिधालयले मात्र दशैं खर्च दिने गरेको बताउँछन् ।

दशैं बोनस बितरण गरिएता पनि कतिपय बिधालयले खाइपाइ आएको तलबको एक चौथाई वा आधा हिस्सा त्यो पनि चैत्र मसान्त सम्ममा मात्र वितरण गरिनु दुस्खद भएको कार्कीको निस्कर्ष छ । ऐनमा व्यवस्था गरिएको अनिवार्य बोनसलाई बेवास्ता गर्नाले हजारौं श्रमजीवी शिक्षकको कानुनी अधिकार हनन गरिएकोमा चिन्ता व्यक्त गर्दै इस्टु ले कडा निगरानी बढाउने बताइएको छ ।

इस्टु प्रदेश नं. १ अध्यक्ष यादव अधिकारी शिक्षक र बिधालय बिचको सम्बन्ध बलियो भएमा मात्र शिक्षण सिकाइ विकसित हुँदै जाने बताउँछन् । शिक्षकलाई आकर्षक तलब सुबिधा दिन हिच्किचाउने बिधालयको शैक्षिक गुणस्तर खस्किदै जाने हुनाले समयमै सोच्न समेत उनले बिधालय संचालकहरु लाई आग्रह गरे । हिजो सम्म जे जसरी चलेतापनि आगामी दिनमा इस्टुले उठाएका मागलाई बिधालय सञ्चालकले सम्बोधन गर्नैपर्नेमा अधिकारीले जोड दिएका छन् ।

Facebook Comments