add
मनोरञ्जन स्थानीय खबर

बिनिशाको तीज गीत बजारमा

सानै बाट संगीतमा रुची राख्ने झापा कि नवगायिका बिनिशा लुइटेलको तिजैको रमझम बोलको गित सार्बजनिक भएको छ।

उक्त गितमा स्वर बिनिशा लुईटेल र बसन्त सङगम कालाथोकी को रहेको छ। बिनिशा लुइटेलको शब्द रहेको गितमा संगीत शिव हमालको रहेको छ भने अभिनय बिक्रम चौहान र करिश्मा ढकालले गरेका छन।लुइटेलले यस अघिको तिजमा पनि तिज गित सार्बजनिक गरि सकेकी छिन ।

उनि भन्छिन, ‘आफुलाई दर्शक श्रोता ले अझै धेरै माया र साथ दिए निकट भविष्यमा आफ्नै शब्दमा रहेका दशै तिहारका गित समेत लिएर आउनेछु ।’ शास्त्रीय संगीतको तेस्रो वर्षमा संगीत अध्ययनरत बिनिशा लुइँटेल गायनमा मात्र नभएर शब्द लेखन मा बनि अब्बल छिन ।

Facebook Comments