add
मनोरञ्जन स्थानीय खबर

लोकप्रिय बन्दै ‘तस्वीर तिम्रो’

साहित्यकार तथा गीतकार टिका भट्टराई नेपालको शब्दमा बनेको म्युजिक भिडियो ‘तस्विर तिम्रो’ युट्युबमा लोकप्रिय बन्दै गएको छ ।

गीतमा वरिष्ठ गायक शिशिर योगीको स्वर र संगीत रहेको छ । देव नेपालको निर्देशनमा बनेको म्युजिक भिडियोमा विछोडिनुको पीडालाई समेटिएको छ । गीतकार भट्टराईको निर्माणमा बनेको म्युजिक भिडियोमा ८७ वर्षीय गंगाराम भट्टराईसहित नायक कविर खड्का र एलिशा अधिकारीको अभिनय रहेको छ । ‘साहित्य दर्शन नेपाल’ युट्युब च्यानलमार्फत् म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

झापा सुरुङ्गा निवासी भट्टराई लामो समयदेखि साहित्यिक क्षेत्रमा कलम चलाउँदै आएकी छन् । उनी ‘आमाको माया’ शोक काव्य प्रकाशन गरेर साहित्य क्षेत्रमा प्रवेश गरेकी हुन् । २०४६ सालमा आमा दमन्ता भट्टराईलाई गुमाउनु परेको पीडालाई उनले २०५६ सालमा शोक काव्यमार्फत् प्रस्तुत गरेकी थिइन् ।

झापामै पहिलो महिला मुद्रण व्यवसायीको पहिचान बनाएकी गीतकार भट्टराई हाल मुद्रण उद्योग व्यवसायी संघको केन्द्रीय सहकोषाध्यक्ष हुन् । सामाजिक क्षेत्रमा सक्रिय उनले आगामी समय साहित्य र गीतसंगीत क्षेत्रमा बिताउने लक्ष्य रहेको बताइन् । उनका रचना ‘साहित्य दर्शन नेपाल’ युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ ।

Facebook Comments