झापा, ४ भदौ । ‘लगाएको कपडा दिनमा कम्तिमा दुईपटक पेmनेर् गर्छु । तल लगाउने लुगा त फोहोर पानीले निथ्रुक्क भिज्छ कसलाई भन्नु ?’ गौरीगञ्ज गाउँपालिका–२ की ३० वर्षीया रमिया मिया (नाम परिवर्तन)को समस्या हो यो । उनलाई नदेखिने यौैन रोगको समस्या छ । दुख्ने केही हुन्न, तर एकपटक पिसाब पेmरेपछि तल्लो भाग सबै गन्हाउँछ ।
उनको यही समस्याले गर्दा श्रीमान्ले उपचार गराउनुको साटो उनीमाथि सौता भित्र्याए । हाल उनी तीन जना छोराछोरीलाई इँटा बोकेरै पालन पोषण गराउँदै आएकी छन् । ‘अस्पताल किन नगएको त ?’, रमिया भन्छिन्, ‘के भन्नु ? लाज हुन्छ । दिनमा २ पटक पानीले सफा गर्छु ।’
झापा कचनकवल–२ की ४० वर्षीय सुखैन खातुनका चार बच्चा छन् । उनलाई पिसाब पेmर्न गाह््रो हुने, पेट दुख्ने, पिठ्यूँ खसेजस्तो हुने, योनीबाट गन्ध आउने, र सेतो पानी बग्ने गरेको छ । उनी मोटी थिइन् पहिला । अहिले त दुखाइले उनलाई खाना नै रुच्दैन । घरमा किन खान छोडेको भनी सोध्नेहरुलाई पेट दुखेर अथवा आज मन छैन भन्दै टादैर् आएको सर्मिलाले सुनाइन् ।
घरपरिवारले थाहा पाए लाज हुन्छ । फोहोरी भन्छन् । खाना पकाएको पनि खाइदिन्नन् । अहिलेकै अवस्था ठिक छ । ‘आफूले सहिदिए त भै गयो नि,’ सुखैन आफ्नो समस्या आपैmँ लुकाएरै बसेकी छन् ।
सुखैन जस्तै आफ्ना यौन समस्या अरुलाई सुनाउँदा लाज हुन्छ भन्ने सोचाइका कारण झापाका ग्रामीण बस्तीमा बसोबास गनेर् महिला यौन रोगहरु लुकाएरै बसेका छन् । गाउँमा स्वास्थ्य चौकी पनि छन् । तर, ग्रामीण भेगका महिलाहरु घर परिवार, रोग थाहा पाए परिवार र समाजले के भन्ला भन्ने डरले गुम्सिएरै बस्छन् ।
सुखैन खातुन भन्छिन्, ‘गाउँको स्वास्थ्य चौकीमा सबै गाउँका मान्छे आउजाउ हुन्छ । कोही न कोही त चिनेकै मान्छे हुन्छन् । उनीहरुलाई आफ्नो समस्या सुनाउँदा एक कान दुई कान हुँदै गाउँभरि पैmलिन्छ ।’
नेपाली समाजमा सामान्यतया महिलाको विवाह गनेर् उमेर भनेको २०, २५ वर्ष कटेपछि मात्रै हो । यो उमेरका महिला सन्तान जन्माउन पनि शारीरिक रुपमा सक्षम हुन्छन् । तर, झापाको दक्षिण भेगका मुस्लिम, आदिवासी बस्तीमा १६, १७ वर्ष हुँदै बिहे भइहाल्ने र नानी पनि जन्माइहाल्ने गरिन्छ । श्रीमान् प्रायः वैदेशिक रोजगारमा हुन्छन् अनि महिलाहरु आफ्नो आन्तरिक समस्या कसैलाई सुनाउँन चाहदैनन् । श्रीमान् आउने बेला कुर्दासम्म उनीहरुको स्वास्थ्य समस्या जटिल भइसक्छ ।
‘यतिसम्मकी गाउँ–गाउँमा शिविर लिएर जाँदा पनि आफ्नो रोगबारे बताउँदैनन्’, स्थानीय स्वास्थ्य चौकीकी अनमी विष्णु भट्टराईले भनिन्, ‘हामी आपैmँले सोध खोज गर्नुपनेर् हुन्छ । फकाइ–फकाइ सोधिएन भने उनिहरु भन्ने वाला छैनन् ।’ यौन रोग सम्बन्धी समस्या यहाँका महिलाहरुमा एकदमै धेरै रहेको भट्टराई सुनाउँछिन् ।
क्चनकवल–४ की २३ वर्षीय शीला राजबंशी (नाम परिवर्तन) ले ११ कक्षा पढ्दा–पढ्दै भागेर बिहे गरिन् । १९ वर्षमा बिहे गरेकी उनले २३ वर्ष हुँदा २ वटा बच्चा जन्माइन् । २ वटा बच्चा जन्मिसकेपछि पनि उनको पेmरि बच्चा बस्यो । उनले २ महिना भएपछि बच्चा फालिन् । असार महिना थियो, खेतीको धमाधमले आराम पाइनन् । हाल उनलाई टुक्रुक्क बस्न पनि गाह्रो हुन्छ । केही सहारा नभई उनी बस्न पनि सक्दिनन् ।
‘डाक्टरले त पाठेघर फाल्दिँदा राम्रो हुन्छ, पाठेघर हल्का झरेको पनि छ भने पनि आफ्नो शरीरको अंग किन फाल्नु’, भनेर रोकेर राखेको उनले सुनाइन् ।
यस्तै, कचनकवल गाउँपालिकाकीकै ४८ वर्षीया मिश्रा खातुन (नाम परिवर्तन) को पाठेघर खसेर निकै दुःख दियो । कपडा एकदमै फोहोर हुने, गन्हाउने भइराख्थ्यो । श्रीमान्लाई भन्न पनि अप्ठ्यारो भयो अनि सहन सक्न छोडेपछि उनले छोरीलाई भनिन् । छोरीकै सहायताले मेची अञ्चल अस्पतालमा गएर अन्ततः शल्यक्रिया नै नगरी भएन ।
झापामा यो उमेर समूहका महिलामा पाठेघरको समस्या छ भनेर भन्नै नसकिने अवस्था छ । कसैको २५÷३० वर्षको उमेरमै पाठेघरमा समस्या देखिने गरेको छ भने कोही ७० वर्ष पुगेपछि आफ्नो रोगबारे बोल्ने गरेको मेची अञ्चल अस्पतालका प्रसुति रोग बिशेषज्ञ डाक्टर जय कुमार ठाकुर बताउँछन् । त्यसो त बेलैमा यौन रोगको लक्षण देखिने बित्तिकै डाक्टरको सल्लाहमा औषधी सुरु गनेर् हो भने यौन रोग बेलैमा ठीक हुन्छ ।
मेची अस्पतालमा मात्र दिनमा सामान्यतया २० देखि २५ जना महिलाहरु यौन रोगको समस्या लिएर आउने गरेको ठाकुर बताउँछन् । गाउँघर मात्र नभई शहरमा बस्ने महिलाहरुको अवस्था पनि उस्तै छ । यौन रोग समस्याको रुपमा देखिनु भनेको लामो समयसम्म रोग लुकाएर नै हो । अधिकांश गाउँमा यो समस्या देखिए पनि खोज्दै जाँदा ३० वर्ष पनि नकटेका महिलामा पनि धेरै भेटिन्छ । झापामा नयाँ पुस्ता र पुराना पुस्ता दुवैले यो समस्या लुकाउँदै आएको ठाकुर बताउँछन् ।
‘३९ वर्षमा तीन सन्तान (छोरीछोरी) जन्मिए । छोरा पाउने क्रममा चारपटक गर्भ फालियो । अहिले त आफ्नो शरीर हो की अरुको केही पत्तो पाउँदिन,’ भद्रपुर नगरपालिका वडा नम्बर ७ की सुनिला राजवंशीले भनिन् ।
मजदुरी काम गनेर् उनलाई गन्हाउने पानी जाने समस्या छ । डाक्टरकोमा त उनी विभिन्न समस्या लिएर धेरै पटक पुगिन् । मुख्य समस्या भन्न भने उनी सधैँ हिच्किचाउँछिन् । गरुङ्गो सामान उचाल्दा आधा शरिर खस्यो जस्तो ठान्छिन् तर काम नगरी खाने उपाय पनि छैन ।
पछिल्लो समय समाजमा यसबारे चेतना त बढेको छ तर पनि महिलाहरु यौन रोग बारे हत्तपत्त खुलेर भन्दैनन् । कि त श्रीमान् कि साथीलाई लिएर अस्पताल आउँछन् । अभैm पनि धेरै अरुले थाहा पाउने डरले कसैलाई भन्दैनन् । मेचीखबर साप्ताहिकबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।