add
राजनीति

भारतका पूर्व अर्थमन्त्री अरुण जेटलीको निधन

झापा, ७ भदौ । भारतका पूर्व अर्थमन्त्री अरुण जेटलीको निधन भएको छ।

शनिबार दिउँसो १२ बजेर ७ मिनेट जाँदा उनको अखिल भरतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचारकै क्रममा ६६ वर्षको उमेरमा निधन भएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार जेटलीलाई स्वासप्रस्वासमा समस्या देखिएपछि अगष्ट ९ तारिखदेखि एम्समा भर्ना गरिएको थियो। उनी प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको अघिल्लो सरकरमा अर्थमन्त्री थिए।

Facebook Comments