add
प्रवास समाज

इराकमा मोटरसाइकल बम विस्फोट, चारको मृत्यु, तीस घाइते

बग्दाद, ७ भदौ (एजेन्सी) । इराकको राजधानी बग्दादबाट दक्षिणतर्फ पर्ने बबिल प्रान्तमा एक मोटरसाइकलमा जडान गरिएको बम विस्फोट हुँदा चार व्यक्तिको मृत्यु भएको छ।

यस विस्फोटमा परी अन्य ३० व्यक्ति घाइते भएका छन्। इराकको गृह मन्त्रालयले सो घटनाको पुष्टि गरेको छ। इराकको राजधानी बग्दादबाट करिब ८० किलोमिटर टाढा रहेको अल मुसायब शहरको व्यस्त बजार इलाका मोटासाइकलमा जडान गरिएको बम विस्फोट गराइएको सिन्ह्वाले जनाएको छ।

यस विस्फोटबाट कैयौं पसल, भवन र नजिकै रहेका सवारी साधनहरु ध्वस्त भएको पनि गृह मन्त्रालयको स्रोतले जानकारी दिएको छ। यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन्। तर इराकमा बारम्बार आक्रमण गर्दै आएका इस्लामिक स्टेट्स (आइएस) समूहको नै यस आक्रमणमा हात रहेको हुनु पर्ने प्रहरीको दाबी रहेको छ।

यद्यपी सन् २०१७ को अन्त्यबाट इराकमा नाटकिय रुपबाट सुरक्षा व्यवस्थामा सुधार भएको थियो।

Facebook Comments